हङकङको कथा : आईडी कि प्रेम ?

हङकङको कथा : आईडी कि प्रेम ?

तिमीलाई हङकङ पुर्‍यायो, आईडी कार्डैले 
मलाई घाईते बनायो, तिम्रै आईडीले 

प्रेमको डाईमेन्सन कति फराकिलो होला ? यसलाई हेर्ने दृष्टिकोण र व्यवहारमा जता पनि संयोग र समायोजन गर्न सकिन्छ। 

प्रेमका प्रकार र स्वरुप भिन्न भिन्न हुन्छन्। यसलाई भाष्यरुपमा हेर्दा विशाल देखिए पनि समष्टिमा पारिवारिक, व्यवहारिक र प्राङ्गारिक प्रेमका समग्र स्वरुप हुन्।
 

पारिवारिक प्रेम र  सद्भाव जीवनकै अभिन्न अंग हो। संसारका सबैप्रकारका प्रेम आफुसँग भएपनि पारिवारिक सुख र प्रेमबिना मानिस नितान्न अपुरो र अधुरो रहन्छ। बुबा, आमासँगको प्रेम हरेक सन्तानको पहिलो र अतृप्त प्रेम हुन्छ, जसको व्याख्या, जति नै गहिराईमा गरेपनि सामान्य लाग्छ।
 
व्यवहारिक प्रेम जीवनको कालखण्डमा सम्झनाको संगालो हो। आफूले काम गरेको स्थान, साथीभाइसँगै हरेक समय र परिस्थितिमा जोडिएका मानवीय प्रेमील मनहरूसँगको प्रेम व्यवहारिक हुन्। जसको सम्झना र विर्सनाले जीवनको महत्व र प्रेम अझ प्रगाढ बन्ने गर्दछ।
 
प्राङ्गारिक प्रेम यस्तो प्रेम हो, जसले तपाईलाई खास बनाउँछ। यही प्रेमको लागि जीवनको आहुति दिनपनि मानिस पछि पर्दैन। यहि प्रेम प्राप्तिले जीवनको स्वर्गीय आन्नद महशुस गरिरहेको हुन्छ भने यही प्रेम प्राप्ति नहुँदा मानिसको जीवनलाई निरश भइरहेको हुन्छ।

खैर, प्रेमको परिभाषा र व्याख्या मान्छेको भोगाई र अनुभवमा निहित होला। तर यहाँ उठाईएको प्रेमील प्रसङ् कति विवशता, बाध्यता, आवश्यकता र मौलिक छन्।
 
तिमीलाई हङकङ पुर्‍यायो, आईडी कार्डैले 
मलाई घाईते बनायो, तिम्रै आईडीले 

करिब एकदशक अघि गायिका सत्यकला राईको स्वर, बुद्धविर लामाको शब्द र शान्तिराम राईको संगीतमा तयार पारिएको यो गीत हङकङबासीको वास्तविक  कथा हो।
 
प्रेमको मिठो सपना बुनाएर हङकङ प्रवेश गरेका मायालु मन यतै बहकिए। यहाँको परिवेश र रौनकतामा ग्रामिण प्रेम र निस्वार्थ माया फिक्का भयो। आफ्ना प्रेमी हङकङ गएपछि, केही समय पश्चात आफुपनि सँगै जाने, जीवनका बाँकी पल सुन्दर पारिवारिक रुपमा बिताउने सपना त्यसै तुइन्छ।

अनि सिर्जना हुन्छन् यस्ता पीडाका गीत, गीत लेख्नेले पनि यही पीडा लेखेको भान हुन्छ। अनि गीत सुन्नेलाई आफ्नै कथा जस्तो। त्यसैले त भावना मिलेपछि गीतले पनि बगाइदिन्छ आँशु।
 
आईडीको कथा यतिमा सीमित छैन। हङकङ शहर र नेपालका हरेक शहरमा आईडीको कथा र बाध्यताहरूको बजार छ। भलै, नभनिएका कति कथा होलान् तर ती सबै, सबैका व्यथा अवश्य छन्। अनि हङकङको प्रेम र आइडीले यस्ता प्रश्न उब्जाउँछन्।

- मलाई आईडी दिन्छु भनि विवाह गर्‍यो, पैसा पनि लियो तर हङकङ पुगेपछि बेपत्ता भयो। पैसा पनि गयो, मेरो विश्वास पनि अब के गर्ने होला? 

- आईडीको लोभमा पाको उमेर भाएका सँग छोरीको विवाह गरिदियौ, अहिले दुबैजनाको मेल छैन, छोरी भन्छे पैसा मात्र ठुलो कुरा होइन रछ, मनमा सन्तुष्टि छैन। अब कसरी मुख देखाउँने आफन्त माझ ? 

-हामी हङकङ आएको १० वर्षजति भयो। सुरुका दिनमा सम्बन्ध राम्रो थियो। जब अन्य देशका महिलासँग सम्बन्ध स्थापित भयो। म नराम्री हुन थालेँ। अहिले छोराछोरीका लागि मिलेर बसेका छौँ। 

- मैले माया गरेको मान्छे थियो। उनले विवाह गरी हङकङ ल्याए, आईडी बनाईदिए। अहिले मलाई छोडिदिए। सायद आईडीका लागि मात्र मलाई प्रेम र विवाहको नाटक गरेका रहेछन्।

यस्ता गुनासा र घटना केही प्रतिनिधिमात्र हुन्। नदेखिएका अरु घटना कति कति। हङकङबाट नदेखाइएका यस्ता कथा धेरै छन्। 

उज्यालाको शहर हङकङ कहिल्यै निदाउँदैन। सपना, बाध्यता र रहरको देश हङकङ धेरैको सपनाको शहर पनि हो। मानिसको योग्यता, सीप, कौशल र क्षमताले मनग्गै पैसा कमाउँन सकिन्छ यहाँ। पैसा कमाउनेसँगै खर्च गर्ने ठाउँ पनि कति कति। रमाइलो गर्दागर्दै धेरैले बेग्लाबेग्लै लत पनि बसाउँछन्। 

प्रेमका मामिलामा उदार हङकङको परिवेशले हामी जस्तो विकासन्मुख राष्ट्रबाट आएकालाई सजिलै छोईदिन्छ, अनि सुरु हुन्छ वियोगको कथा। 

१२ घण्टा काम, पारिवारिक समय छैन। कामको प्रेसर र नयाँ प्रेमील संसारमा आफूलाई अभ्यस्त बनाएसँगै सुरु भएको खट्पटि नै हो, सम्बन्ध विच्छेदको प्रमुख कारक। आईडीकै मोहमा धेरैको प्रेम अन्त्य भएको छ। आईडीको स्वार्थमा जोडिएका सम्बन्धहरू, यसको प्राप्तिसँगै बिलाएर जान्छन।

सम्बन्धका सुरुका दिन आईडी अनि हङकङको रौनकता बाहेक केही हुँदैन्। जब दिन बित्दै जान्छन् मानिसले पारिवारिक सुख र प्रेमको अपेक्षा गर्छ, तर नपाएसँगै अन्त्य हुन्छ प्रेमको कथा। आईडीकै लागि नक्कली विवाह (कागजी प्रेम) हुन्छ। नाटकबाट सुरु भएको प्रेम सम्बन्ध कसैकसैको जीवनमा झाँगिन्छ अनि प्रेम सोचेको सम्बन्ध धेरैको धोकामा बदलिन्छ।

कति मनमोहक र विचित्रको छ यो आईडी, जसले सम्बन्धलाई जोड्न र तोड्न सेतुको काम गरिरहेको छ। यो भिडमा सबै प्रेम स्वार्थको लागि मात्र गरिएको हो भन्ने भावले कतिलाई अन्याय गर्ला। देखेको छु निस्वार्थ प्रेम पनि छ हङकङ आइडी भित्र।
 
प्रेम जात, उमेर र देशभन्दा माथि छ। सायद त्यसकै प्रभाव हुनुपर्छ धेरै नेपालीले यहाँका स्थानीयसँग पनि विवाह गरेका छन्। सुखद पारिवारिक सम्बन्ध स्थापिना गरेका उदाहरण पनि छन्। 

प्रेमकै कारण छोराछोरी बाबाआमासँग टाढा भएको देख्दा मन खल्लो हुन्छ। विदेशी भूमि, बाँच्नको लागि काम गर्नै पर्छ। आफ्नाको साथ तोडिए पनि जीवन बचाउँन गरेको संघर्षले प्रेमप्रतिको मोह नै हराउँदछ। 

फेब्रअरि १४ सँगै प्रेमको महिना सुरु भएको छ। यो मौसम प्रेमको मौसम हो। संसारका ठूला ठूला रणसंग्राम पनि प्रेमले अन्त्य गराएको उदाहरण छन्। भलै, जुन स्वार्थका लागि गरिएको प्रेम होस् शब्द आफैमा पूर्ण छ। नछुटुन्जेल र साथ रहेसम्म प्रेमले मानिसलाई जीवनप्रतिको मोह कायम गराईरहन्छ।
 
आईडीकै लागि गाँसिएका र तोडिएका प्रेमकथाको अन्त्य होस्। हरेक प्रकारको प्रेमको लागि कसैको आँशु नबगोस्। प्रेम मन हो, तपाईको जस्तै, जुन अर्कोमा पनि हुन्छ। जब एउटा मनको स्पर्श अनि मनले महशुस गर्छ नि ? यहि हो, प्रेम। जसले तपाईलाई कसैको खास बनाईदिन्छ।
 
प्रेम दिवसको शुभकामना।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.