सरकार ! सरकारी अस्पतालमा सास्ती कहिलेसम्म ?

सरकार ! सरकारी अस्पतालमा सास्ती कहिलेसम्म ?
सांकेतिक तस्विर
सुन्नुहोस्

म हजुरको लोकप्रिय अखबारको नियमित पाठक हुँ। यस पत्रमार्फत म देशको सरकारी स्वास्थ्य क्षेत्रको कटु यथार्थ र आम नागरिकले भोग्नु परेको सास्तीबारे सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

नेपालका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालजस्ता ठूला सरकारी स्वास्थ्य संस्थाहरूमा विपन्न र सर्वसाधारण नागरिकको ठूलो भरोसा छ। तर, यी अस्पताल पुग्दा देखिने भिड र चरम अव्यवस्थाले नागरिकको समय र पीडाको कुनै मूल्य नभएको आभास गराउँछ। बिहान ४ बजेदेखि ओपीडी टिकटका लागि लामो लाइन बस्नुपर्ने बाध्यता अझै हटेको छैन। एउटा सामान्य जाँच गराउन र डाक्टरलाई रिपोर्ट देखाउन बिरामीले दिनभरि भोकभोकै कुर्नुपर्छ।

आखिर हाम्रो स्वास्थ्य क्षेत्र कहिले पूर्ण रूपमा डिजिटल होला ? निजी अस्पताल र क्लिनिकहरूले प्रविधिको उच्च प्रयोग गरेर सहज र गुणस्तरीय सेवा दिइरहेका छन्। सरकारी अस्पतालमा भने प्रविधिको नाममा कहिलेकाहीँ अनलाइन टिकटको कुरा गरिए पनि प्राय: सर्भर डाउन हुने समस्या देखिन्छ। बिरामीको ‘डिजिटल हेल्थ रेकर्ड’ नहुँदा पुराना कागजपत्र र पुर्जा बोकेर वार्ड–वार्ड भौंतारिनुपर्ने अवस्था छ।

समाचारहरूमा सरकारी अस्पतालका करोडौंका उपकरणहरू थन्किएका र दक्ष जनशक्ति नहुँदा सेवा रोकिएका खबरहरू निरन्तर आइरहेका हुन्छन््। यो फितलो व्यवस्थापनको पराकाष्ठा हो। सरकारले बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने घोषणा गरे पनि व्यवहारमा सुधार शून्यप्राय: छ। 

अब सरकारले सरकारी अस्पतालको सेवालाई झन्झटमुक्त र प्रविधिमैत्री बनाउनै पर्छ। टोकन प्रणाली, डिजिटल भुक्तानी र प्रभावकारी अनलाइन सेवा तत्काल लागू गरिनुपर्छ। स्वास्थ्य सेवालाई व्यापार होइन, राज्यको मौलिक उत्तरदायित्वका रूपमा बुझेर नागरिकलाई राहत दिनु आजको आवश्यकता हो।

-रूपेश अधिकारी, बालुवाटार, काठमाडौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.