विविध दृष्टिकोणमा पाथीभरा

विविध दृष्टिकोणमा पाथीभरा

पाथीभरा
वर्तमान नाम पाथीभरा, मुकुम्लुङले चिनिन्ने पहाडको शिखरमा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो। पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा अवस्थित छ। यस शक्तिसाली देवी स्थानमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्छ। वैदिक विधिद्वारा पूजा  हुने, कुनै जात, धर्म, सम्प्रदाय प्रति विभेदरहित यस मन्दिरमा धार्मिक सहिष्णुता, शास्त्रीय मान्यता, सामाजिक मर्यादा एवं  सामञ्जस्यता, हार्दिकता र संस्कारमा विनम्रता पाउँछौं। उच्च मानवीय मुल्य मान्यता स्थापित सर्वधर्म, क्षेत्र, वर्ग, जाति एवं सम्प्रदायप्रति समभाव देख्न र महसुस गर्न सकिन्छ। प्रकृति सुन्दर काखमा अस्थित दिव्य पाथीभरा मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक, आध्यात्मिक साधना, पर्यावरणीय एवं पर्यटकीय गन्तव्यका लागि विषेश महत्त्वपूर्ण छ।
 

देवी उत्पत्तिसम्बन्धी किंवदन्ती तथा जनश्रूति 
देवीस्थान र स्थापनाका विषयमा कैयौं प्रसङ्गहरू छन्, कस्ले र कहिले बाट देवी स्थापना गरि पुजा आरम्भ गरेको कुनै प्रत्यक्ष प्रमाण भन्ने पाइन्न। अनुमानका भरमा आधारित पाथीभरा देवीको उत्पतिको किंवदन्ती भन्ने धेरै छन्, केही प्रसङ्ग यस्ता छन् कि- परापूर्वकालमा पाथीभरा आसपासका भेडीगोठालाहरूले आफ्ना गोठका भेडाका बथान अलप भएपश्चात् सपनामा गोठालाहरूलाई रातमा देवीले दर्शन दिई आफ्नो आकृति र उत्पतिस्थल बोध गराई त्यस ठाउँमा बलिसहित पूजा- अर्चना गर्ने निर्देशन दिनुभएको र सो स्थानमा बलिसहित पूजा गरिसकेपछि हराएका भेडीका बथान पहिलेकै ठाउँमा भेटिए। त्यस ताकदेखि गोठालोहरूले थान थपना थाप्दै सुरुवात गरेको किंवदन्ती पाइन्छ। 

अर्को प्रसङ्ग पाथीभराको प्राचीन रैथाने नाम 
यस क्षेत्रमा प्राचीन नाम- त्यस भेगका बासिन्दाका रैथाने भाषा, धर्म, संस्कार र संस्कृतिका आधारित रहेको पाइन्छ। परापूर्वकालदेखि त्यहाँका रैथाने बासिन्दा किरात याक्थुङ लिम्बु भाषामा रहेको प्राचीन नाम- मुक्ते, मुक्तिबुङ्ग अहिले आएर वर्तमान नाम मुकुम्लुङ अर्को परिचित नाम पाथीभरा भनेर चिनिन्छ। लिम्बु भाषामा मुकुमको अर्थ `शक्ति´ र लुङको अर्थ `ढुंगा´ या शिला जनाउँदछ। अर्को मुक्तिबुङले मुक भनेको  `शक्ति´ र ती भनेको  `बस्नु´ हो  र बुङले  `भूमि´ भन्ने अर्थ लाग्छ, यसकारण शक्ति या देवीले निवास गरेको क्षेत्र भरेर बुझ्न् सकिन्छ। किरात लिम्बु प्रकृति पूजक भएका कारण लिम्बुका देवारीहरू, फेदङ्मा, थेबाहरूले मुन्धुम वाचन गर्दा मुक्तिमाङलाई पुकार्छन्। किरात याक्थुङ लिम्बु जातिको जतिपनि देवीस्थान छन्, ती सबै खुला आकाश मुनि नै छन्, यहाँ शक्ति शव्दले देवी रहिछन् भन्ने प्रष्ट प्रमाण बताउँछ र शक्तिशाली देवीलाई शिलाको स्वरूपमा स्थापना गरी पूजा- अर्चना गरिएको भनेर बुझ्न सकिन्छ। त्यस क्षेत्रलाई किरात लिम्बुहरूको आराध्या स्थल मानेको पाइन्छ। यहाँ पाथीभरा देवीलाई तागेरानिङ्वाफुमाङ मातृशक्तिको रुपमा भएकी सर्वोपरि इष्टदेवी मानेको र परापूर्वकालदेखि पूज्दै आएको पाइन्छ।

भूगोलमा आधारित शास्त्रीय दृष्टिकोणमा पाथीभरा 
यहाँको भौगोलिक सवरुप र शास्त्रसंमत दृष्टिबाट हेर्दा- पाथीभरा (पार्वती र महालक्ष्मी)को स्वरूप संयुक्त रहिछन्, भन्ने प्रशस्त पुष्टि गर्ने आधार छन्- पाथीभरा देवीको दायाँपटि हनुमान र शिकारी (किरातेश्वर) हुनु र बायाँपटि भैरव र वनवासिनी हुनुले तन्त्रकी देवी काली अथवा पार्वती हुन् भन्ने बुझिन्छ। यहाँ बुझ्नुपर्ने कुरा दायाँ श्रीमान, गुरु र पवित्र वस्तु राखिन्छ। यहाँ श्रीदुर्गासप्तशती पाठ गरिनु र पडाड यन्त्रकार स्वरूप हुनु। खुला आकाश मुनि हुनाले ऊर्जाका कारणले गर्दा कुनैपनि ठाउँ या लोक जान र आउन सजिलो आकाश गामिनी हुनु। खुल्ला आकाशमुनि भएको कारण यहाँ दर्शन गर्न सजिलो। काली या पार्वती भएको कारण पर्वतमा हुनुपर्ने र पहाडको टुप्पोमा भइन्, यही कारण तन्त्रकी देवी पार्वती हुन् भनेर त्यहाँको पृष्ठभूमिले बुझायो। अर्को- पाथीभरा पहाडको भौगोलिक स्वरुपले महालक्ष्मी स्वरूप पनि बुझाएको छ। पाथीको स्वरुप एक पाथीमा आठमाना हुन्छ, जसले पाथी बनाउछ र यो आठमाना अष्ट प्रकृतिको बिम्ब भयो जसले लक्ष्मीको अष्ट रुप। पाथी अन्नपूर्ण/महालक्ष्मी स्वरूप पनि हो। त्यहाँ भक्तजनहरूले पाथी चढाएर नयाँ पाथी लिएर जाने र पैसा चढाएर त्यहाँको पैसा साटेर घरमा राखे कहिल्यै लक्ष्मीको अभाव हुँदैन भन्ने चलन छ। यिनी महाकाली र महालक्ष्मी दुवै देवीको संयोजन स्वरूप रहिछन् भनेर बुझ्न सकिन्छ।

आध्यात्मिक दृष्टिकोणमा पाथीभरा 
पाथीभरा पञ्चत्तत्व र त्रिदेवताको संयोजन मान सकिन्छ। पाथीले अष्ट प्रकृतिको बिम्ब रहेको र पाच पाटाले पञ्चत्तत्व बुझाएको छ। त्यस् पहाडको तीनवटा खण्डले ब्रह्मा, बिष्णु र महेश्वर खण्ड प्रस्टयाइँ दिएको छ। यस पाथिभरा पहाड तीन खण्ड आकृति देखि सकिन् त्यहीँ कारण यिनीले शक्ति, मुक्ति र धन पनि दिन्छिन् अर्थात् यस पहाडले तीनवटा कुरा दिन्छ भन्ने बुझाएको छ।

पाथीभरा मन्दिर प्रवेशसँगै गरिने पूजाका प्रकृति
१. द्वारपाल पूजा

पाथीभरा मन्दिर प्रवेश गर्ने पहिलो गेटमा द्वारपालका रुपमा दायाँ सिंह र बायाँ सिंहेनी मुर्तिलाई पूजा गरेर मात्र मन्दिर प्रवेश गर्छौं। मन्दिर देखि ८०/९० मिटरको अन्तरमा द्वारपाल स्थापना गरिएको छ। पौराणिक कथा बमोजिम पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन तपस्यारथ देवीको साथ सालौं वर्षसम्म एक सिंह बसिरहयो। जब देवी तपस्या सकि स्नान गर्न गएकी देवी फर्केर आउँदासम्म पनि सिंह त्यहीँ बसेको देखि देवी प्रसन्न भइ आफ्नो वाहन बनाई सिंहमा सवार गर्न थालिन्। यसै कारण देवीको रक्षक एवं त्यस क्षेत्रको रक्षकको रूपमा पहिले सिंह र सिंहेनी पूजा पश्चात् मन्दिर एरिया प्रवेश गर्छौं।

२. गणेश पूजा
हरेक शुभ कार्य या मांगलिक कार्य गर्न पहिले भगवान गणेशको पूजा गरिन्छ, भगवान गणेशलाई प्रथम पूजनीय देवताको स्थान शास्त्रमा दिएको छ, त्यसैले गर्दा हरेक मांगलिक कार्य, धार्मिक अनुष्ठान र देवी - देवताको पूजा गर्न पहिले गणेशको पूजा गरिन्छ। ताकि हाम्रा संकल्प, लक्ष्य र कार्य सफलता हासिल होस्।

३. शिव पूजा
शक्ति शिवको अभिभाज्य अंग हो। शिव नरका द्योतक हुन्  भन्ने शक्ति नारी हुन् , यी एकाअर्काका पूरक हुन् । शिव बिना शक्तिको र शक्ति बिना शिवको कोई अस्तित्व नहुने। शिव अकर्ता हुन् , उनी संकल्प मात्र गर्छन् ; शक्ति संकल्प सिद्धि गर्छिन्। यहीँ कारण पार्वती या देवी पूजन गर्न पहिले शिवको स्तुति, पूजा - अर्चना गरिन्छ।

४. भैरव पूजा
हरेक मन्दिरको आग्नेय कोण या दक्षिण दिशामा भैरव हुनुपर्छ। भैरवको अर्थ भयको हरण गरि जगतका भरण गर्ने देवता। भैरवलाई शिवको गण र पार्वतीको अनुचर मानिन्छ।  भैरवले नकारात्मक ऊर्जा आउन नदिने, साधनामा सहायक हुने, मूर्तिको ऊर्जा बढाउने साथै त्यस स्थानको रक्षक देवता मानिन्छ। त्यहीँ कारण शुभ कार्य र देवी - देवता पूजा गर्न पहिले भैरव पूजिन्छ।

५. वनवासिनी (विन्ध्यवासिनी) पूजा
 योगमायाको अंश भगवती यशोदाको गर्भ बाट अवतार लिएकी, उनै देवीलाई वनवासिनी यानी विन्ध्यवासिनी देवीको रूपमा पूजा गरिन्छ। कंसबाट बालकृष्ण बच्चाउनका निमित्त गोगमाया (वनवासिनी) जन्म लिइन्। देवकीको आठौं गर्भ पुत्र द्वारा कंसको बध हुने तर पुत्रीको देखि कंस आश्चर्य परि बालिकालाई पत्थरमा पच्छार्न खोज्दा उस कन्या हातबाट छुट्टी आकाश चली गइन्। यसकारण वनवासिनीको मुख्य भूमिका आकाशगामी भएको हुनाले जुन ठाउँको देवी- देवता अन्य ठाउँमा जान परेमा र अन्यत्रका देवी- देवता आउन परेमा समन्वय गर्ने गर्छिन्। त्यहीँ भएर वनवासिनीको पूजा गरिन्छ।

६. नदी/ खोला पूजा    
हाम्रा धर्म, संस्कृति, सभ्यता एवं परम्परामा दिने वालाको देवी- देवता मान्छौँ र उसैको पूजा- अर्चना गर्छौं। जलको प्रमुख स्रोत खोलानाला/नदीनालाका पवित्र मानी उनीको पूजा- अर्चना गर्ने परम्परा सदियौंदेखि चली आएको छ। मानव जीवनमा जलले जीवन दाताको कार्य गर्छ, मानव शरीर पञ्चतत्व मिलेर बनेको हुन्छ। बिना जल हाम्रा धार्मिक कार्य, यज्ञ होस् या अन्य पूजन कार्य सफल मानिँदैन। वस्तुतः जलको नदीनाला, सरोवर, कुवा या कलशका रूपमा पूजा गर्नका कारण- जल जीवनका आधार हो। इतिहासमा प्रमाण मिल्छ कि- सबै प्राचीन सभ्यता नदीका तटमा नै विकसित भएको हो भनेर। यही कारण खोलानालाका पूजा- अर्चना गर्छौं।

७. शिकारी पूजा 
शिवको अवतार (किरात/पारुहाङ्ग) स्वरुपलाई सिकारी शिव स्वरूप मानेको हो। अर्जुनको वीरताको परीक्षा लिन किरात वेषधारी शिवसँग अर्जुनले युद्ध गरेका थिए। अर्जुनको वीरतादेखि भगवान शिव प्रसन्न भइ आफ्नो वास्तविक स्वरूपमा आइ आफ्नो पाशुपात अस्त्र प्रदान गरे। शिव सौम्य आकृति एवं रौद्ररुपमा विख्यात छन्। अतः शिवका अर्थ यद्यपि कल्याणकारी मानिन्छ, लय र प्रलय दुवै शिवको अधीन भएकोले किरात स्वरुप मानी सिकारीको पूजा गरिन्छ।

८. पितृदेवता पूजा
सनातन संस्कारमा पितृपक्ष विशेष महत्त्व रहन्छ। आश्विन कृष्ण प्रतिपदादेखि अमावस्यासम्म सोह्र दिन पितृपक्ष नामले यी सोह्रदिन हाम्रा परिवारका जुन पूर्वजका देहान्त भए पश्चात् उनका मृत्यु तिथिमा पार्वण श्राद्ध गर्छौं। पितृका आत्मा तृप्तिका लागि श्रद्धापूर्वक जो अर्पित कार्य हो। कुनै मांगलिक कर्य गर्न पूर्व पितृका आशीर्वाद लिन र गर्न लागेका कार्यमा बाधाविध्न नहोस् भनी सम्मान पूर्वक पितृस्मरण गरी पूजा गर्छौ। 

९.नवग्रह पूजा
हरेक मांगलिक कार्य अधि ग्रहका स्थिति अनुकूल होस् भनी व्यक्ति आफ्नो जीवनमा सामर्थ्य हासिल गर्न निरन्तर आफ्नो लक्ष्यमा अग्रसर रहनका निमित्त सौभाग्य वृद्धि र मनोकामना पूर्ण गर्न नवग्रह पूजा गरी शुभ कार्य आरम्भ गरिन्छ।
    
१०. कुलदेवता पूजा
हरेक मांगलिक कार्य गर्नु अघि रीतिरिवाज, परम्परागत रूपमा कुलदेवी या कुलदेवता पुजा गर्ने प्रावधान छ। प्रत्येक परिवार कुनै न कुनै ऋषिका वंशज हुन् , जसमा गोत्रको विधान बमोजिम कुलदेवी या कुलदेवताले कुनै पनि परिवार या समुदायका प्रतिनिधित्व गर्दछ। कुनै एक विशेष वंशका कुल अधिष्ठाता देवता मानी गरिने पूजन संस्कार छ। यो परम्परा अलग-अलग समुदायबीच भिन्न हुन्छ। कुल देवी- देवताको आशीर्वाद बिना कोइ कार्य पूर्ण संपन्न मानिँदैन त्यसैले कुल पूजा गरिन्छ।

अनिमात्र मन्दिर प्रवेश
माथी उल्लेखित देवी- देवताका पूजा पश्चात् मात्र मूल मन्दिर प्रवेशसँगै नरिवल फुटाउछौँ, अखण्डदीपको पूजा गर्छौं र मुल शिला या पाथीभरा देवीको पूजा गर्छौं। त्यसपछि पुराना मूर्तिहरूको पूजा र ठुलो मूर्ति ( देवी विग्रह ) को पूजा गर्छौ। कार्य चाहे सांसारिक होस् या आध्यात्मिक होस् व्यक्ति आफ्नो  पूर्ण आस्था, भक्तिभाव, धार्मिक विश्वासका साथ श्रद्धालुहरू देश तथा विदेशबाट वर्षमा लाखौंको संख्यामा दर्शनार्थी आउने गरेको पाइन्छ।

हिमश्रृंखलाका अञ्जुलीमा पाथीभरा
पाथीभरा मन्दिरको उत्तरमा मकालु हिमाल संखुवासभा जिल्ला पर्छ, पूर्वमा कुम्भकर्ण हिमाल यसको पछाडी तिब्बत पर्छ, कञ्चनजंघा यसको प्राचीन रैथाने मौलिक नाम सेसेलुङ यसको पछाडि सिक्किम पर्छ। उत्तरमा चिन र दक्षिणमा भारतलाई छुने केही प्रसिद्ध हिमश्रृंखलाका विचमा पाथीभरा देवीले निवास गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.