सशस्त्रको क्याम्पमा डोजर चल्यो

सशस्त्रको क्याम्पमा डोजर चल्यो

बर्दिबास : सडक विस्तारका क्रममा महोत्तरीको बर्दिबासमा सशस्त्र प्रहरी बेसक्याम्प भवन नै भत्किएको छ। सडकलाई ४० फिटको बनाइएपछि बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित सशस्त्र बेसक्याम्प रहेको भवन परेको हो।

साबिकको पशुपतिनगर गाविस कार्यालय भवनमा २०६५ सालमा सशस्त्र प्रहरी बसेका थिए। अहिले दुई भवनमा बर्दिबास नगरपालिका-९ को वडा कार्यालय र सशस्त्र क्याम्प रहेको स्थानीय अमृतकुमार महतोले बताए। सडक विस्तार गर्दा ड्युटी बिट, कम्पाउन्ड, भान्साघर, प्रहरी निरीक्षक निवास भत्किएका छन्। ‘आलोपालो गरेर प्रहरी जवान बस्दै, खाँदै, सुत्दै आएका थियौं’, सशस्त्र प्रहरी निरीक्षक प्रेमप्रसाद सिग्देलले भने, ‘भौतिक संरचना सडकमा परेपछि हामीलाई सुरक्षा दिन समस्या भएको छ।’

उनका अनुसार कठिनाइका साथ एक दशकदेखि बस्दै आए पनि यसबारे सशस्त्र प्रहरी जवानले कुनै निकायमा गुनासो गरेका थिएनन्। आफूले दुःख सहेर पनि नागरिकलाई सुरक्षा दिँदै आएको उनको भनाइ छ।

पशुपतिनगरको मोहन राजमार्गबाट बेसक्याम्प हुँदै झखुरे टोलसम्मको करिब आठ किलोमिटर सडकलाई ४०-४० फिट चौडा गरी स्तरोन्नति गर्न ६० लाख बजेट खर्चिएको वडा नम्बर-९ का अध्यक्ष टेकवीर राखालले बताए। सशस्त्र प्रहरीको क्याम्प पशुपतिनगरमा प्रतिस्थान गर्ने गरी काम थालिएको बर्दिबासका मेयर विदुरकुमार कार्कीको भनाइ छ। एक सशस्त्र प्रहरी निरीक्षकसहित ३२ जनालाई बर्दिबास नगरपालिकाको ग्रामीण गाउँ पशुपतिनगर, किसाननगर, बिजलपुरा र हात्तिलेटको सुरक्षासहित रातु नदीबाट गिट्टी, बालुवा चोरी निकासी नियन्त्रणको मुख्य जिम्मेवारी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.