पर्यटकीय क्षेत्र विकास योजना अलपत्र

पर्यटकीय क्षेत्र विकास योजना अलपत्र

तानसेन : पाल्पाको तानसेनमा निर्माणाधीन पर्यटकीय पूर्वाधार निर्माण अलपत्र बनेका छन्। प्रमुख पर्यटकीय पूर्वाधारका रूपमा लिइएको करुवा भ्यु टावर ४ वर्षअघि नै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सकिएको छैन। पाल्पामा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल, पहाड र तराईको दृश्यावलोकन गराउने उद्देश्यले भ्यु टावर निर्माण सुरु गरिएको थियो। टावरमा तानसेन नगरपालिकाको १ करोड ५४ लाख ३४ हजार रुपैयाँ लगानी छ।

१ सय ५ फिट अग्लो करुवा भ्यु टावर ०७० साल असार मसान्तमा पूरा गरी सञ्चालनमा ल्याउने सम्झौतासहित निर्माण व्यवसायी हिमडुङ एन्ड थोकर जयरक्तकाली जेभीले काम थालेको हो तर अहिलेसम्म काम सकेको छैन। सञ्चालनमा नआउँदै भ्यु टावर निर्माणस्थल चर्किंदै गएको छ। भ्यु टावर सञ्चालन गर्ने÷नगर्ने विषयमा अध्ययन गराइने नगरप्रमुख अशोककुमार शाहीले बताए।

‘टावरका विषयमा आएका गुनासालाई तेस्रो पक्षका प्राविधिक वा भौतिक योजना निर्माण मन्त्रालयबाट अनुगमन गराई सञ्चालन गर्न सकिने भए गर्ने, जोखिमयुक्त भए भत्काउने सोचमा छौं’, उनले भने। भ्यु टावरको रङ रोगन भएको छैन। टावरको बीचबीचमा झ्याल–ढोका राखिएको छैन। भ्यु टावरभित्र बिजुली बत्ती अझै व्यवस्था गरिएको छैन। भ्यु टावर सञ्चालन नहुँदा तानसेन नगरपालिकाले वार्षिक लाखौं राजस्व गुमाउनुपरेको छ।

भ्यु टावरजस्तै ऐतिहासिक सम्पदा अमरनारायण मन्दिर क्षेत्रको जीर्णाेद्धार र संरक्षण योजना पनि अलपत्र परेको छ। ०७१ मंसिर १ गतेभित्र निर्माण पूरा गर्ने गरी प्राकृतिक निर्माण प्रालिले ३ करोड ७२ लाख ३७ रुपैयाँमा मन्दिर परिसर जीर्णाेद्धार काम थाले पनि हालसम्म पूरा भएको छैन। १८६३ सालमा अमरसिंह थापाले बनाएको मन्दिरको गजुरलाई कलात्मक बनाउने, मन्दिरको छाना मर्मत र परिसर क्षेत्रमा पार्क, शौचालय, पानी पोखरी, बत्ती, वृक्षरोपण तथा कम्पाउन्ड निर्माण सम्पन्न भएको छैन। तानसेन बजारको बीचमा रहेको अमनारायण मन्दिरको जीर्णाेद्धार पूरा भएमा पर्यटकले दुई÷चार घण्टा बिताउन सक्ने स्थानीय प्रदीप उदयले बताए।

मन्दिर जीर्णाेद्धार तथा पूर्वाधार निर्माण गर्न विश्व बैंक, नगर विकास कोष र तानसेन नगरपालिकाको १० प्रतिशत गरी ३ करोड ७२ लाख ३७ रुपैयाँ लगानीमा प्राकृतिक निर्माण प्रालि १५ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो। पाल्पा गौडाका तत्कालीन सेनापति काजी अमरसिंह थापाले मन्दिरसहित फूलबारी मन्दिर परिसरको चारैतिर घोडा दौडाउन मिल्ने गरी चौडा पर्खालसहित पूर्वाधार निर्माण गरेका थिए।

तानसेन नगरपालिकाका मेयर शाहीले अमरनारायण मन्दिरको बाँकी रहेको जीर्णाेद्धार काम गराउन पहल सुरु गरेको बताए। केही समयभित्र अमरनारायण मन्दिरको बाँकी जीर्णाेद्धारको काम पूरा गराउने नगर प्रमुख शाहीले बताए। समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरमा ल्याने अभियान रहे पनि पाल्पा प्रशासनले यी योजनाका ठेकेदारलाई भने सचेतसमेत गराएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.