अत्यधिक गर्मीले आमाको मृत्यु, ६ महिने शिशुसहित पाँच सन्तानको बिचल्ली

अत्यधिक गर्मीले आमाको मृत्यु, ६ महिने शिशुसहित पाँच सन्तानको बिचल्ली

बर्दिबासः अध्यधिक गर्मीले गौशाला नगरपालिका–८ बेलगाछीमा ६ महिने शिशुकी आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाखा नगरपालिका–८ बेलगाछीकी करिब ३५ वर्षीय शिकिल देवी सादा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जनाए । मृतकका पाँच सन्तान छन् । कान्छो छोरो ६ महिनाका छन् । 

मृतकको शवको पोष्टमार्टमको लागी जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । गर्मीले  शिकिल देवीकी सासू ५५ वर्षीया सुनर (सोनर) देवी सादा मुसहर र उनकी छिमेकी २५ वर्षीया किसुन देवी सादा मुसहर बेहोस भएर अस्पताल भर्ना गरिएको छ । 

गौशालास्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेका उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. मनोज दासले जनाए । गर्मीका कारणले उनीहरु बेहोस भएको डाक्टर दासले जनकारी दिए ।

यसरी मृत्यु भयो शिकिलको 

आइतबार बिहानै गरिव परिवारकी सोनर देवी पाँचजना महिलाको समुहमा धान रोप्न गाउँकै उमेश महतोको खेतमा गएका थिए । एकाबिहानैदेखि चर्को घाम लागेको थियो । 

आइतबार बिहानै चर्को घाम लागेको थियो । धान रोप्दै गरेकी सोनर देवीलाई चक्कर आयो । उनी बेहोस् परिन् । त्यसपछि उनलाई खेतको आगीमा पानी छम्केर उनकी बुहारी शिकिलले बसाइन् । घान रोप्दै गरेकी अर्की सोनरकी छिमेकी किसुनदेवी सादा मुसहर पनि धान रोप्दै गर्दा गर्मीले बेहोस् परिन् । 

स्थानीय रेडियोकर्मी दिनेश महतोका अनुसार, शिकिलले सासु र छिमेकी विरामी परेको खबर पुर्‍याउन खेत भन्दा १ किलो मिटरको दुरीमा रहेको आफ्नो घर दगुरेर गइन् । घरमा सासू विरामी भएको बताइन् । घरका सदस्यहरु मोटरसाइकल लिएर बेहोस भएकी सोनरलाई उपचार गर्न धान खेततिर लागे । 

मोटरसाइकलको पछि पछि फेरि शिकिलपनि लागिन् । मोटरसाकल स्पिडमा गयो । उनी मोटरसाइकलपछि दु्रतगतिमा जाँदा बेहोस भएर उनी बाटोमा लडिन् । त्यसपछि उनको मृत्यु भएको थियो । आइतबार बिहानैदेखि महोत्तरीसहित जनकपुर आसपासमा ४० डिग्री तापक्रम थियो ।  अत्यधिक गर्मीले मध्य तराईको जनजीवन पनि प्रभावित बनेको छ ।

६ महिने शिशुको विच्चली 

मृत्क  शिकिलदेवी सादा मुसहरको अवस्था दयनीय छ । उनका पाँच सन्तान छन् । कान्छो छोरो ६ महिनाका काखे  शिशु छाडेर ज्याला मजदुरीमा धान रोप्न गएकी थिइन् । उनका श्रीमान् रघरनाथ सादा मुसहर घरपरिवार पाल्न शनिबार मात्रै पञ्जाव गएका छन् । ६ महिने बच्चाकी आमाको अत्यधिक गर्मीले मृत्यु भएपछि काखे बच्चासहित अरु बालक टुहुरा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.