जनकपुर–जयनगर रेलवे सञ्चालन सात महिनाभित्र

जनकपुर–जयनगर रेलवे सञ्चालन सात महिनाभित्र

 जनकपुर : जनकपुर–जयनगर रेलवे सेवा सात महिनाभित्र सञ्चालनमा आउने भएको छ। रेल सन् २०१८ भित्र सञ्चालनमा ल्याउने तयारी रहेको रेलवे विभागले जनाएको छ।

रेलवेको अहिले ३० किलोमिटरसम्म लिक बिच्छ्याइएको विभागका महानिर्देशक अनन्त आचार्यले बताए। उनका अनुसार रेलवे सञ्चालनको सम्झौताबमोजिम अब पाँच किलोमिटर मात्र लिक बिच्छ्याउन बाँकी छ। बाँकी रहेको वेल्डिङ कार्य पनि सुरु भइसकेको उनले जनाए।

जनकपुरबाट जयनगरसम्म २८ किलोमिटर दूरी पर्छ। यहाँसम्म लगभग सबै काम अन्तिम चरणमा पुगेको आचार्यले बताए। ‘तर, यससँगै थप कुर्थासम्म रेलवे निर्माण गर्नुपर्ने भएकाले अझै सात किलोमिटरजति केही काम गर्न बाँकी छ’, उनले भने। उनका अनुसार अहले एक दिनमा चार किलोमिटरसम्म काम भइरहेको छ।

जनकपुरबाट जयनगरसम्म दैनिक ५–६ पटक गरी ६÷६ वटा यात्रुवाहक रेल सञ्चालनमा ल्याउने तयारी रहेको जनाइएको छ। पहिलो चरणमा बिहान ८ देखि साँझ ५ बजेसम्म रेल सञ्चालन हुनेछ।

रेलवे निर्माण गर्ने जिम्मा भारत सरकारले लिएको छ। सम्झौताभन्दा दुई वर्ष ढिलाइ हुन गएको विभागले जनाएको छ। तराई–मधेसमा भएका विभिन्न आन्दोलनका कारण समयमा रेल सञ्चालन हुन नसकेको जनाइएको छ। सम्झौताअनुसार सन् २०१६ मा रेलवे सञ्चालनमा आउनुपथ्र्यो।

जनकपुर–जयनगर प्रतिघण्टा सय किलोमिटरको दूरी पार गर्ने रेलवेको डिजाइन छ। ३५ किलोमिटर दूरीमा ११ वटा स्टेसन निर्माण गरिएका छन्। ३ देखि ४ किलोमिटरमा स्टेसन बनाइएको आचार्यले बताए।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार रेलवेको स्थलगत निरीक्षण गरेका छन्। रेलवे सञ्चालनमा ढिलाइ हुन थालेको गुनासो बढेपछि मन्त्री महासेठले जनकपुरबाट खजुरीसम्म निरीक्षण गरेका हुन्। उनले सात महिनाभित्र रेलवे सञ्चालन गर्ने गृहकार्य रहेको सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.