प्रदेश संसदमा बिजुली गायब, माननीय हैरान, माइक-पंखा पनि बन्द

प्रदेश संसदमा बिजुली गायब, माननीय हैरान, माइक-पंखा पनि बन्द

विराटनगरः प्रदेश १ को बजेट अधिवेशन जारी छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल आठौँ बैठकबाट सुरु भएको छ । यसमाथि गर्मागार्मी बहस चलिरहँदा सोमबारको बैठक निकै सकसपूर्ण र रोमाञ्चकसमेत बन्न पुग्यो ।

बिजुली ट्रिप खाने समस्याका कारण संसद बैठक निकै अव्यवस्थित बन्न पुग्यो । बिजुली जाने र आउने क्रमले कांग्रेस सांसद लोकप्रसाद संग्रौलाले आफ्नो धारण राख्दै गर्दा दुई पटक बिजुली गयो । 

तर, रोस्ट्रममा रहेका संग्रौलाले मन्तब्य राख्न छाडेनन् । माइक बन्द भयो । पंखा चलेनन् तर संग्रौलालाई सभामुख प्रदीपकुमार भण्डारीले उपलब्ध गराएको पन्ध्र मिनेटको पूरापुर सदुपयोग गरे । उनी बोलिरहे लाइन आयो, माइक बज्यो तर फेरि भोल्टेज गयो, माइक सुनिएन । 

गर्मीका कारण संसदभित्र माननीयलाई निकै सकस भएको सहजै महसुस गरिएको थियो । एसी चलेका थिएनन् भने पंखाको घुमाइ निकै धिमा थियो । गर्मीले गलेका सांसदहरु नीति तथा कार्यक्रमलो किताबले हम्किरहेका थिए । 

कतिपय सांसदले भने ब्याट्रीवाला सानो पंखा बोकेर गएका थिए । त्यसैले काम चलाई रहेका थिए । संसद सचिवालय बाहिरको ट्रान्समिटरमा आएको समस्याले बिजुलीले ट्रिप खाने समस्या भएपछि त्यसको असर सदनमा समेत परेको थियो । यस विषयमा संसद सचिवालयले नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।

नेकपाका सांसद सर्वध्वज साँवा रोस्ट्रममा आफ्नो धारणा राख्न आएपछि भने माहौले एकाएक रोमाञ्चित बन्न पुग्यो । गर्मीले थाकेका सांसदको मुहारमा मुस्कान छायो । सावाँले निकै विनोदपूर्ण र रशिक ढंगले आफ्नो धारणा राखे । 

उनले नीति तथा कार्यक्रमलाई ३२ लक्ष्यणले युक्त महिलासँग तुलना गर्दै सबै कार्यक्रम राम्रा भएको भन्दै समर्थन गरे । उनले आफ्नै शैलीमा हसाउँदै धारणा राखिरहँदा सभामुख प्रदीपकुमार भण्डारीले समय सकिएको भन्दै रुलिङ गरेपछि साँवाले फेरि आफ्नै शैलीमा धन्यवाद भन्दा संसद भवन हाँसोको फोहरा छुट्यो ।

धेरै बोल्नेलाई रातो बत्ती

सोमबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले रुलिङ गर्दै नीति तथा कार्यक्रममा सहभागी सांसदलाई सचेत गराए । उनले समय सकिएपछि सांसदलाई बोल्न दिएनन् । नेकपाकी खिनुलिम्बा लिम्बूको समय सकिएपछि पहिलो पटक रातोबत्ती बाल्दै समय सकिएको घोषणा गरे । 

बत्ती बलेपछि लिम्बू अलमलमा परिन् । धारणा राखेपछि धन्यवादसमेत भन्न भुलिन् अनि रोस्ट्रमबाट बाहिर आइन । सांसदलाई समय सकिएपछि विगतजस्तो अटेर गर्दै समय लिँदै लम्ब्याउन नदिन सभामुख भण्डारी निकै सचेत देखिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.