विश्वकप सुरु हुनु एक दिनअघि स्पेनका प्रशिक्षक बर्खास्त

विश्वकप सुरु हुनु एक दिनअघि स्पेनका प्रशिक्षक बर्खास्त

एजेन्सी : फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हुन एक दिनमात्र बाँकी हुदाँ स्पेनको राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएका छन्। 

विश्वकप सुरु हुन दुई दिन बाँकी हुँदा मंगलबार रियल मड्रिडको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका लोपेतेगीलाई स्पेनको फुटबल एसोसिएसनका प्रमुखले राष्ट्रिय टिमको प्रशिक्षकबाट हटाएका हुन्। विश्वकप लगत्तै रियल जानेगरी उनले मड्रिडसँग सम्झौता गरेका थिए। 

रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएपछि उनको स्थानमा लोपेतेगीलाई नियुक्त गरिएको थियो। जिदानको विकल्पमा रियलको व्यवस्थापनले स्पेनका प्रशिक्षक ५१ वर्षीय लोपेतेगीलाई रोजे लगत्तै राष्ट्रिय टिमबाट उनी बर्खास्त भएका हुन्। 

उनले यसअघि स्पेनको विभिन्न उमेर समूहका फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.