स्याङ्जामा टुइच मोर्टरको गोली भेटिएको आशंका

स्याङ्जामा टुइच मोर्टरको गोली भेटिएको आशंका
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जाको लामागे फाँटमा शंकास्पद बस्तु फेला परेको छ। पुतलीबजार नगरपालिका-१४ लामागे निवासी बिष्णुप्रसाद पौडेलको खेत सम्माउने क्रममा उक्त शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ।

जेसीबीले खेत सम्माउने क्रममा बुधबार खेतको सतहभन्दा एक हात मुनि तार जडित फलामको बोतलजस्तो देखिएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार प्रहरी अधिकृत टोली, श्रीसिंह सारदुल गुल्म आँधीखोला ब्यारेकका सेनाको टोली र पोखरा पृतनाबाट बम डिस्पोज टोलीले उक्त बस्तुबारे अनुसन्धान गरिरहेको छ। उक्त बस्तु  टुइच मोर्टरको गोलीजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.