सुजन र राजेन्द्र साइकलमै पुगे तिलिचो

सुजन र राजेन्द्र साइकलमै पुगे तिलिचो
सुन्नुहोस्

भक्तपुर : नेपालका विभिन्न ट्रेकिङ स्थलमध्यको एक तिलिचो ताल एडभेन्चर ट्रेकरहरूका लागि प्रख्यात गन्तव्य मानिन्छ। समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित यस हिमतालमा बर्सेनि ठूलो संख्यामा स्वदेशी तथा विदेशी आगन्तुकहरू ट्रेकिङका लागि जान्छन्। अझ एडभेन्चर ट्रेकरहरूका लागि त जीवनमा एकचोटी भए पनि जानैपर्ने सूचीको अग्रपंक्तिमा नै पर्छ। तर भौगोलिक अवस्थाका कारण तिलिचो ताल जान भने सजिलो छैन। अझ साइकल, मोटरसाइकलजस्ता साधन लिएर जान निकै चुनौतीपूर्ण मानिन्छ। तर दुई जना युवाले करिब ३ सय ५० किलोमिटर साइकल यात्रा गरी तिलिचो ताल पुगेका छन्। भक्तपुर जिल्लाको मध्यपुर थिमि निवासी सुजन भासिमा र राजेन्द्रकुमार भासिक साइकलयात्रा गरी तिलिचो ताल पुगेका हुन्। ३५ र ४३ वर्षीय सुजन र राजेन्द्र साइकलयात्रा गरी तिलिचो पुगे। उनीहरू गत मंसिर ३ गते तिलिचो ताल पुगेका थिए। 

यो जोडी खाङसारबाट दुई दिन साइकलयात्रा गरी तिलिचो पुगेका हुन्। मध्यपुर थिमिको पोबु टोल र बोडेको नछुटोल निवासी उनीहरू गत कात्तिक २६ गते घरबाट यात्रामा निस्किएका थिए। मध्यपुर थिमि–६ स्थित भीमसेन चोकबाट साइकलमै कुरिनटार, बेंसीसहर, न्यादी, ढुकुरपोखरी, खाङसार र खाङसारदेखि ट्रेक सुरु गरी तिलिचो तालसम्म साइकलयात्रा गरेको सुजन भासिमाले जानकारी दिए। करिब ३ सय ५० किलोमिटर साइकलयात्रा गरी तिलिचो ताल पुगेपछि उनीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेशका मन्त्री किरण थापाले सम्मान गरेका थिए। सम्मानपत्रमा उनीहरूले भक्तपुरदेखि मनाङ तिलिचो तालसम्मको साहसिक यात्रा सफलतापूर्वक सम्पन्न गरेको उल्लेख छ। 

अनपेक्षित साइकलयात्रा 

तिलिचो यात्रा अनपेक्षित भएको यात्री सुजन भासिमाले बताए। साइकल राइडरहरूसँग सिन्धुपाल्चोकमा अवस्थित प्रसिद्ध पर्यटकीयस्थल आमायांग्री जाने योजना विफल भएपछि तिलिचो तालको यात्रा तय भएको उनले सुनाए। उनका अनुसार सुजन र राजेन्द्र कुनै न कुनै स्थानमा ट्रेक जाने योजनामा थिए। महिना अघिदेखि नै साथीहरूसँग जाने भनेर छलफल भएको र एक दिन अघिमात्रै साथीहरू नआउने खबर दिएपछि राति १ बजे सहयात्री राजेन्द्रलाई फोन सम्पर्क गरी ताल जाने योजना तय गरेको उनले जनाए। ‘हामीले त्यहाँ जान्छौं भनेर सोचेका नै थिएनांै। अनप्लान्ड थियो। पहिले बाटो हेरेको भए जाने आँट नै आउँदैनथियो। मैले दाइलाई मोटिभेट गरेँ। दाइ पनि अनुभवी हुनुहुन्थ्यो। संघर्ष गरेर त्यहाँसम्म पुग्यौं। पुगेपछि सबै संघर्ष बिर्सियौं’, उनले भने। 

पूरै यात्रा साइकलमा 

प्रायःजसो पर्यटकहरू साइकलमै आए पनि बेस क्याम्पसम्म अन्य सवारीसाधनमा राखेर आउने गर्छन्। सुजन र राजेन्द्रले भने सम्पूर्ण यात्रा साइकलमै 
गरेका थिए। उनीहरू दैनिकजसो विभिन्न डाँडामा साइकलमार्फत आवतजावत गरिरहेका हुन्छन्। 

भक्तपुरको घ्याम्पे डाँडा, रानीकोट, पाइलट बाबाको आश्रम आदि स्थानमा साइकलमै पुग्ने गर्छन्।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.