ट्याक्टरको ठक्करबाट अमिन बस्नेतको मृत्यु

ट्याक्टरको ठक्करबाट अमिन बस्नेतको मृत्यु

धरान : ट्याक्टरको ठक्करबाट नापी कार्यालय धरानका अमिन गुमानसिंह बस्नेतको मृत्यु भएको छ । बुधबार धरान उपमहानगरपालिका – ६ स्थित पानवारीमा जग्गा नापजाँच गरी फर्कर्दै गरेका  बस्नेतलाई राति ११ बजेतिर को २ त ५१४० नम्बरको ट्याक्टरले छाता चोकमा ठक्कर दिदाँ  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानवारीबाट लु ३० प ३१०० नम्बरको मोटरसाइकलमा फर्कर्दै गर्दा  अमिन बस्नेतलाई छाताचोकबाट ओरालो झरिरहेको  ट्याक्टरले ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट  लागेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले  जानकारी दिए ।

मुसलधारे पानी परिरहेको अवस्थामा तिव्र गतिमा दुबै सवारी साधन गन्तव्यतर्फ गइरहेकोले पानीमा चिप्लिएर ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको उनले बताए। अमिन बस्नेत बुधबार बेलुका कार्यालयबाट धरानबाट जग्गा नाप्न पानवारी गएका थिए ।

दुर्घटनामा परी ज्यान गुमाएका बस्नेतको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । दाङ घर भएका अमिन बस्नेतका श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शव बुझ्नका लागि दाङबाट उनको परिवारलाई बोलाइएको प्रहरीले जनाएको छ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.