लक्ष्यअनुसार राजस्व उठेन

लक्ष्यअनुसार राजस्व उठेन

ललितपुुर : ललितपुरका महानगरपालिका र अन्य दुईवटै नगरपालिका लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन् । चालु आवमा महानगरले एक अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, जेठ अन्तिम सातासम्म जम्मा ४७ करोड मात्र राजस्व संकलन भएको छ ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखाका प्रमुुख डिल्लीराज शाक्यले असारसम्म ६० करोड उठ्न सक्ने अनुुमान गरिएको बताए । उनले भने, ‘केही ठूला करदाता आवको अन्तिममा करतिर्न आउनसक्ने अनुुमान हाम्रो छ ।’ यसका अतिरिक्त महानगरले विभिन्न लोकप्रिय योजना पनि अघि सारेको थियो । पुुल्चोकदेखि कुुपण्डोलसम्म फ्लाइओभर बनाउने, सोलार जडान गर्ने, ट्राफिक लाइट बनाउने, बुुंगमती बूढानिलकण्ठसम्म मेट्रोरेल चलाउने, सडक धुुलोरहित बनाउनेलगायत योजना पनि महानगरले अघि सारेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा अनुुमान गरेभन्दा धेरै राजस्व संकलन भएको थियो । ललितपुुरमा सबैभन्दा धेरै राजस्व संकलन भएको वर्ष नै २०७३÷७४ थियो । यस वर्ष ३३ करोड संकलन हुुने अनुुमान लगाए पनि ४२ करोड राजस्व असुली भएको थियो ।

महानगरपालिकाका २९ वटै वडामा अनुुगमन गर्न जाने र ‘अन द स्पट’ व्यवसाय दर्ता गराउने योजना पनि महानगरले अघि सारेको थियो । समयको अभावले यी योजना पारित गर्न नपाइएको शाक्यले बताए ।

ललितपुरका अन्य दुुई नगरपालिकाले पनि लक्ष्यित राजस्व संकलन गर्ने प्रयास असफल भएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुुख रामेश्वर       श्रेष्ठले दुुई करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि यस आर्थिक वर्षमा ९६ लाख मात्रै संकलन गर्न सकेको जानकारी दिए । उनले भने, ‘यो रकम एकीकृत सम्पति करबापत मात्रै उठाइएको हो ।’       श्रेष्ठले घरबहाल तथा व्यवसाय कर अहिलेसम्म नलगाएको र अर्को आर्थिक वर्षदेखि न्यून दरमा कर उठाउने लक्ष्य लिएको बताए । कर सचेतना कार्यक्रम ल्याउने लक्ष्य रहेको उनको भनाइ छ । महालक्ष्मी नगरपालिका भौगोलिक हिसाबले सबैभन्दा सानो नगरपालिका भए पनि जनसंख्या धेरै छ । यस नगरपालिकामा १० वटा वडा छन् ।

भौगोलिक हिसाबले जिल्लाको ठूलो नगरपालिका गोदावरी हो । यस नगरपालिकाले चालु आवमा आठ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । हालसम्म साढे पाँच करोड असुल भइसकेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए । यस आर्थिक वर्षको अन्तिमसम्म ६ करोड उठन सक्ने उनले बताए । महर्जनले भने,‘थोरै लक्ष्य लिएर धेरै राजस्व संकलन गर्न चाहेको हुुँ ।’

राजस्वको लक्ष्य र संकलन अवस्था (जेठसम्म)

ललितपुुर महानगरपालिका

लक्ष्य: १ अर्ब १६ करोड ।

संकलन: ४७ करोड

गोदाबरी नगरपालिका

लक्ष्य: ८ करोड

संकलन: साढे ५ करोड

महालक्ष्मी नगरपालिका

लक्ष्य: २ करोड

संकलन: ९५ लाख


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.