वीरेन्द्रनगरमा अन्नपूर्ण ब्याडमिन्टन छनोट प्रतियोगिता सुरु

वीरेन्द्रनगरमा अन्नपूर्ण ब्याडमिन्टन छनोट प्रतियोगिता सुरु

वीरेन्द्रनगरः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्नपूर्ण पोस्ट अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो । पत्रकारितालाई बहुआयामिक बनाउँदै स्वस्थ नागरिक उत्पादन गर्ने र खेलक्षेत्रका प्रतिभालाई जागरुक बनाउने उद्देश्यका प्रतियोगिता आयोजना गरिएको हो।

तीन दिनसम्म हुने प्रतियोगिताको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरेका थिए । उनले अनुशासित र स्वस्थ समाज निर्माणका लागि खेलकुद आवश्यक रहेको उल्लेख गरे । ‘नागरिकलाई कुशल, स्वस्थ्य र अनुशाषित राख्न खेलकुद अपरिहार्य छ,’ उनले भने, ‘खेलकुदले मनोरञ्जन मात्रै होइन, देशको अर्थ विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, त्यसैले खेलकुदलाई विकास गर्न हामी सबैको भूमिका आवश्यक छ ।’ 

खेलाडीको स्तरियता र भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशको खेल विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री रावलको भनाइ थियो।     उनले प्रदेश स्तरीय रंगशाला निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताए । ‘पछिल्लो समय सबैमाँझ ब्याडमिन्टन खेल प्रचलित हुँदै आएको छ, पोहोर साल खेलाडीहरुले नै संरचना निर्माणका लागि महायज्ञ लगाउनुभएको रहेछ । हामी यसलाई निकै सराहना गर्दछौं र बहुउद्देश्यीय कवर्ड हल निर्माणका लागि सरकारी तर्फबाट पनि प्रयास गर्दछु,’ उनले भने । समय बिताउनका लागि मात्रै खेलिने गरिएको खेललाई अन्नपूर्ण पोष्टले प्रतियोगितामा सहभागी हुने अवसर दिलाएकोमा उनले धन्यवाद दिए ।

साथै आगामी दिनमा पनि मिडिया हाउसले खेलक्षेत्रलाई प्राथमिकतामा राख्ने विश्वास समेत व्यक्त गरे। प्रतियोगितामा सात जिल्लाका एकसय २८ जना खेलाडीहरुको सहभागिता रहेको छ । दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका खेलाडीहरु छनोट प्रतियोगितामा सहभागीता जनाएका छन् ।

अन्नपूर्ण पोष्टका मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रीय प्रमुख प्रेम केसीले मिडिया हाउसले समाचार उत्पादन मात्रै नभई प्राथमिकतामा परेका विषयको भौतिक रुपमा नै विकास गर्न प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।
विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिता आगामी दिनमा झन् उत्कृष्ट बनाउँदै लैजाने केसीले बताए । पुरुष युगल ३९ र एकल २२ वटा खेल हुनेछन् ।  यस्तै, मिस्क युगल चारवटा, १९ वर्ष मुनिका पुरुष १२ वटा, केटी चार वटा र महिला एकल चारवटा खेल हुनेछन् । प्रदेश स्तरबाट छानिएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।


 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.