पाँखा खानेपानी आयोजनामा विवादमा

पाँखा खानेपानी आयोजनामा विवादमा

कालिकोट :   कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १० पाँखा स्थित पाँखा बृहत खानेपानी आयोजना विवादमा परेको छ । तिलागुफा नगरपालिका वडा नं. ८ छाप्रेका स्थानीयले आफ्नो सिमानाबाट आफूहरूले उपभोग गर्ने मुहानबाट खाँडाचक्र नगरपालिका वडा नं. १० पाँखाको स्थानीयले खानेपानी लिने खोजेको भनेर प्रशासनमा उजुरी गरेपछि पाँखा बृहत् खानेपानी आयोजना विवादमा परेको हो ।

तिलागुफा नगरपालिका वडा नं. ८ छाप्रेका स्थानीयले जिल्ला सदरमुकाम मान्ममा आएर बुधबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालयको ध्यनाकर्षण गराएका छन् । उनीहरूले वर्षौंदेखि उपभोग गर्दै आएको आफ्नो सिमानाको मुहान खाँडाचक्र नगरपालिका–१० पाँखावासीले लिन खोजेको भन्दै उक्त आयोजना निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । छाप्रेका स्थानीय कृष्णप्रसाद न्यौपानेले वर्षौंदेखि आफूहरूले उपभोग गर्दै आएको मुहानबाट अर्कै गाँउका स्थानीयले खानेपानी लिन लागेको बताउँदै विरोध जनाए । उनले उक्त मुहान पाखा गए छाप्रेका करिब ४ सय ९० परिवारमा खानेपानी समस्यामा पर्ने बताए ।

यस्तै स्थानीय तारा लुवारले आफूहरूले प्रयोग गरेको खानेपानी मुहान अरूले नै दर्ता गर्न खोजेको बताउँदै जिल्ला प्रशासनको ध्यनाकर्षण गराएको बताइन् । तिलागुफा नगरपालिका वडा नं ८ की वडा सदस्य देवु न्यौपानेले पाँखा बृहत् खानेपानी आयोजना सर्भे गर्दा नै आफूहरूले बिरोध गरेको बताउँदै अहिले काम सुरु भएपछि प्रशासनको ध्यनाकर्षण गराएको बताइन् । उनले जिल्ला खानेपानी कार्यालयले सर्भे गर्दा नै बिरोध भएको आयोजनामा बजेट छुट्याइ उपभोक्ता समितिसमेत गठन गरी काम सुरु गरेर आफूहरूलाई अन्याय गरेको आरोप लगाइन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले आयोजनाबारे स्थानीयहरू प्रशासनमा आएका र प्रशासनबाट विवाद समाधानका लागि तिलागुफा नगरपालिकालाई पत्र पठाएको जानकारी दिए । उनले जिल्ला खानेपानी कार्यालय, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकासँग समन्वय गरी विवाद समाधान गरिने बताए । जिल्ला खानेपानी कार्यालयले गत वर्ष सर्भे गरिएको उक्त आयोजनामा यस वर्ष ५ लाख बजेट विनियोजन गरी क्रमागत रूपमा काम सुरु गरिएको जनाएको छ । योजना निर्माणको क्रममा विवाद आएकाले दुवै पक्षबीच छलफल गरी समाधानका लागि पहल गरिने जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.