वर्षा नलाग्दै पहिरोको मार

वर्षा नलाग्दै पहिरोको मार

वैतडी : वर्षा सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । जिल्लाको पाटन नगरपालिका-८ खोड्पेमा शनिबार दिउँसो खसेको पहिरोले बजार नजिकै रहेको पेट्रोल पम्पमा क्षति पु¥याएको छ ।

केही दिनमै सञ्चालनको तयारीमा रहेको पम्पको पर्खाल भत्काएको पेट्रोल पम्पका सञ्चालक भानु विष्टले बताए । उनले भने, ‘करिब १ करोड लगानीको पेट्रोल पम्प सञ्चालन तयारी गरेको थिएँ, पहिरोले लगानी नै डुब्ने स्थिति आएको छ ।’ पर्खालका कारण तलतिरको बस्ती पनि जोखिममा परेको छ । पहिरोले ३० मिटर तलबाट लगाएको पर्खाल भत्काएको विष्टले बताए ।

दैनिक वर्षा भइरहेकाले पहिरोको जोखिम झन् बढेको स्थानीयले बताएका छन् । तीन जिल्लाको संगममा पेट्रोल पम्प सञ्चालनको तयारी गरिएको भए पनि पहिरोले पेट्रोल पम्प सञ्चालन गर्ने सपना उडाएको विष्टले बताए । स्थानीय हरिश विष्टले ६ वर्षअघि खोड्पेमै पहिरो खसेर ६ जनाको ज्यान गएको बताए । उनका अनुसार अहिले पनि दुई घर पहिरोको जोखिममा छन् । कैयौं रोपनी जमिन नासिने अवस्थामा छ । पर्खाल भत्केपछि पर्खालमा अड्किएका ढुंगा व्यवस्थापन थालिएको विष्टले बताए ।

मकैबाली नष्ट, घर पनि जोखिममा

शनिबार नै परेको अविरल वर्षाले जिल्लाको सुर्नया गाउँपालिका-६ को धुलिधारमा मकैबाली नष्ट गरेको छ । अविरल वर्षाका कारण आएको भेलले स्थानीय किसानले लगाएका मकैबाली नष्ट गरेको वडादस्य भीमदत्त अवस्थीले बताए । गाउँमा करिब २० परिवारको मकैबाली नष्ट भएको छ भने गह्रा खोल्सामा परिणत भएका वडासदस्य अवस्थीले बताए । यस्तै, सुर्नया-६ कोखेतमा वर्षाको भेलले खानेपानी मुहान पुर्दा स्थानीयलाई खानेपानीको सकस भएको छ । वर्षाका कारण कुल्ढाँड खोलामा आएको बाढीले पानीको मुहान पुरेको स्थानीय नवराज अवस्थीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.