कारागारमा कैदीबन्दीहरूबीच विवाद, चौकीदारका नजिककालाई कोठामा थुनेर ताला लगाइयो

कारागारमा कैदीबन्दीहरूबीच विवाद, चौकीदारका नजिककालाई कोठामा थुनेर ताला लगाइयो
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तु कारागारमा कैदीबन्दीहरूबीच आपसी विवाद भएको छ। कारागारभित्रका कैदीबन्दीहरूका चौकीदारले चरम ज्याजति गरेको विरोधमा अन्य कैदीबन्दीहरुले नाराबाजी होहल्ला गरी कारागारको ताला बन्द गरेका छन्। सर्वसाधारण कैदीबन्दीहरूले चौकीदारका नजिकका कैदीबन्दीलाई एउटा कोठामा तालाबन्दी गरेर राखेका छन्।

नम्बर ब्लक २ का कैदीबन्दी नारायण वलीले कारागार प्रशासनको ज्यादतीविरुद्ध आफूहरु आन्दोलित भएको र कारागार नियन्त्रणमा लिएको उनीहरूले बताए। उनीहरुले २ नम्बर ब्लकका मूल नाईके केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारूलाई भित्रै बन्धक बनाएर राखेका छन्। 

चौकीदार दामोदर थारु तथा मूलनाइके सहितको समूहले शनिबार ४ जना कैदी बन्दीलाई निर्घात कुटपिट गरेको, सरकारले तोकेअनुसारको राशनपानी नदिएको,कारागार भित्रको क्यान्टिनमा चर्को मूल्य लिने गरेको र विरोध गर्नेहरुमाथि चरम ज्यादती गर्ने गरेका कारण बाध्य भई नाइकेहरुलाई बन्धक बनाउनुपरेको आन्दोलनरत कैदीबन्दीहरुको दावी छ। ब्लक नम्बर २ मा १ सय ९१ जना कैदी बन्दी रहेका छन्।

विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको सुरक्षाकर्मीको टोली कारागार परिसर पुगेको छ। घटनाबारे अहिले केही नभनिने र विवाद समाधान भइसकेपछि यसको पूर्ण पूर्ण विवरण पत्रकारहरुलाई उपलब्ध गराउने प्रहरी नायब उपरीक्षक रूपेन्द्रकुमार सिंहले बताए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.