कर्णाली प्रदेशमा अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेशमा अन्नपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वीरेन्द्रनगर : आइतबारदेखि वीरेन्द्रनगरमा जारी अन्नपूर्ण पोस्ट अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।६ वटा खेलमा एकसय २८ जनाको सहभागिता रहेकोमा ११ जना खेलाडी राष्ट्रियस्तरमा हुने प्रतियोगिताको लागि छनौट भएका छन्।

जिल्ला ब्याडमिन्टन संघको सहजिकरणमा तीन दिनसम्म वीरेन्द्रनगरको प्रहरी व्यायामशालामा भएको छनोट प्रतियोगितामा कर्णाली प्रदेशभरीका सातवटा जिल्ला दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका खेलाडी सहभागी थिए।

रेफ्री भाटका अनुसार जम्मा १६ जना खेलाडी छनोट हुनुपर्ने भएपनि एउटै खेलाडीले धेरै खेलमा जित हाँसिल गरेकाले ११ वटा खेलाडी मात्रै छनोट भएका छन्। विजयी खेलाडीलाई प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। 

प्रतियोगितामा सुर्खेतका निराजन चौधरी पुरुष एकल र १९ वर्षमुनिको एकलमा प्रथम भएका छन्। मंगलबार बिहान भएको पुरुष एकलमा सुर्खेतकै जितबहादुर लामिछानेलाई २१-१७, १९-२१ र २१-१९ को प्रतिस्पर्धात्मक अंगले पराजित गर्दै प्रथम भएका छन्।

१९ वर्ष मुनिको प्रतियोगितामा उनले सुर्खेतकै नगेन्द्र बम ठकुरीलाई २१-९ र २१-१७ को सहज जित निकालेका छन्। सातै जिल्लाका खेलाडीलाई पछि पार्दै आफ्नो उत्कृष्टता देखाएको भन्दै १८ वर्षीय चौधरीलाई ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष चेत अधिकारीले नगद तीनहजार रुपैयाँसहित पुरस्कृत गरेका हुन्। 

यस्तै, सुर्खेतकै सामना भट्टराईले पनि दुई खेलमा प्रथम हुँदै उत्कृष्ट प्रदर्शन देखाइन्।१९ वर्षमुनिको महिला एकलमा भट्टराई नै प्रथम भएकी हुन्। उनले सोमबार भएको फाइनलमा सुर्खेतकै अग्रिमा भण्डारीलाई २१-१४ र २४-२२ अंगले हराइन्। यस्तै महिला एकलमा पनि सोमबार नै सुर्खेतकी सेस्मा श्रीपालीलाई २१-९ र २१-६ को सहज जित निकाल्दै प्रथम भइन्। एकलमा दोहोरो जित निकाल्ने चौधरी र भट्टराई हुन्। 

मिक्स युगलमा खगेन्द्र खत्री र सेस्मा श्रीपालीको जोडी प्रथम भएको छ। उनीहरुले सुर्खेतका नगेन्द्रबहादुर थापा र पुस्पा शाहीको जोडीलाई २१-१७, २२-२० र २१-१७ अंकले हराएका थिए। 

यस्तै पुरुष युगलमा दिपेश चौधरप् र युवराज गुरुङको जोडी प्रथम भएको छ।उनीहरुले नगेन्द्रबहादुर थापा र खगेन्द्र खत्रीको जोडीलाई २१-१६, ७-२१ र २१-१७ अंकमा दुई चरण जित निकाल्दै प्रथम भएका हुन्।

११ जनामध्ये चारजना महिला र सातजना पुरुष छनोट भएका छन्।प्रतियोगितामा सुर्खेत बाहिरका खेलाडीले भने तेस्रो स्थान मात्रै हाँसिल गर्न सके। तेस्रो स्थान हाँसिल गर्नेमा पुरुष एकलमा जाजरकोटका जनक भदेल, सुर्खेतका महेश विक्रिम सिंह, पुरुष युगलमा रुकुमका शशिराम रावत र हरि चन्द तथा सुर्खेतका विष्णु पौडेल र कर्ण बुढाको जोडी रहेको छ।

यस्तै, महिला एकलतर्फ तेस्रो स्थानमा सुर्खेतकै पुस्पा शाही, १९ वर्षमुनिको महिला एकलमा पुस्पा शाही र सेस्मा श्रीपाली, १९ वर्षमुनिको पुरुष एकलमा सुर्खेतकै सुजित कार्की र अनिल मल्ल भएका छन्।  प्रतियोगितामा जित हात पारेपछि सामुहिक तस्बिर खिचाउँदै खेलाडी।ब्याडमिन्टन संघ सुर्खेतलाई मायाको चिनो प्रदान गरिँदै। तस्बिरः गोविन्द देवकोटा

राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडी 

१९ वर्षमुनिको पुरुष एकल

प्रथमः निराजन चौधरी (सुर्खेत)

दृतियः नगेन्द्र बम ठकुरी (सुर्खेत)

१९ वर्षमुनिको महिला एकल

प्रथमः सामना भट्टराई (सुर्खेत)

दृतियः अग्रिमा भण्डारी (सुर्खेत)

मिक्स डबल

प्रथमः खगेन्द्र खत्री र सेस्मा श्रीपाली (सुर्खेत)

दृतियः नगेन्द्रबहादुर थापा र पुस्पा शाही (सुर्खेत)

महिला एकल

प्रथमः सामना भट्टराई (सुर्खेत)

दृतियः सेस्मा श्रीपाली (सुर्खेत)

पुरुष युगल 

प्रथमः दिपेश चौधरी र युवराज गुरुङ्ग (सुर्खेत)

दृतियः नगेन्द्रबहादुर थापा र खगेन्द्र खत्री (सुर्खेत)

पुरुष एकल

प्रथमः निराजन चौधरी (सुर्खेत)

दृतियः जितप्रसाद लामिछाने (सुर्खेत) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.