पाँच हजार घुससहित विद्युत कर्मचारी पक्राउ

पाँच हजार घुससहित विद्युत कर्मचारी पक्राउ

महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरणको गड्डाचौकीस्थित कार्यालयमा कार्यरत एक कर्मचारी नगद पाँच  हजारसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले  विद्यु प्राधिकरणमा कार्यरत कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो ।

बुधबार अख्तियार कञ्चनपुरको टोलीले नेपाल विद्युत प्राधिकरण कार्यालय गड्डाचौकीको फ्युज सेवा कार्यालयमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई पक्राउ गरेको हो । अख्तियार  कञ्चनपुरका डीएसपी प्रेमसागर केसीले सेवाग्राहीबाट नगद पाँच हजार रुपैया लिएको अवस्थामा रंगेहात पक्राउ गरेको बताए ।

उनका अनुसार विद्युतका कर्मचारी चन्दले सेवाग्राहीबाट मिटर उपलब्ध गराइदिने सर्तमा पाँच हजार रकम लिएका थिए । विद्युत प्राधिकरणका कर्मचारीले मिटर उपलब्ध गराउने, जडान गर्ने र विद्युत सेवा दिने भन्दै सेवाग्राहीबाट पाँच  हजार रकम लिएको उजुरी परेपछि उनलाई अख्तियारले रंगेहात समातेको हो ।

नेपाल विद्युत प्राधिकरण कार्यालय महेन्द्रनगर शाखा र अन्य शाखामा लामो समयदेखि सेवा दिने नाममा कर्मचारीले रकम असुल्ने गरेको यसअघि समेत गुनासो आउने गरेको थियो । कर्मचारीले मिटर जडान गर्नेदेखि लिएर अन्य काममा रकम असुल्ने गरेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.