वन्यजन्तु हेर्दै र्‍याफ्टिङ

वन्यजन्तु हेर्दै र्‍याफ्टिङ

गुलरिया : बेलायती राजकुमार ह्यारी नेपाल भ्रमणमा आएका बेला बर्दियाको जैविक विविधताले उनको मन खिचेको थियो । राजकुमार ह्यारीले हेलिकोप्टरबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ओर्लिएर बाघ अनुगमन गर्ने क्यामेरा ट्र्यापिङ प्रविधिको अनुगमन गरे । त्यसले उनलाई झन् उत्सुक बनायो । ठट्टा गर्दै बाघ हिँडेजसरी झुकेर हिँडे अनि अटोमेटिक क्यामेरामा आफ्नो तस्बिर कैद गराए ।

प्रविधिबारे राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका तत्कालीन प्राविधिक शैलेन्द्रकुमार यादवले राजकुमार ह्यारीको जिज्ञासा मेटाएका थिए । विशिष्ट पाहुना ह्यारीसहितको टोली बर्दिया राष्ट्रिय निकुञ्जभित्र खौराहा खोलामा र्‍याफ्टिङ पनि गरेका थिए । वरिपरि घना जंगलको बीचमा बगेको निर्मल खौराहा खोलामा जो–कोहीको पनि मन लोभिन्छ । ह्यारीले र्‍याफ्टिङको मज्जा लिएको खौराहा खोला अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषणको केन्द्र बन्दै गएको छ । ‘खौराहा खोलाको प्राकृतिक अवलोकन र जलयात्रा सबैका लागि खुला गरिएको छ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले भने ।

खोलाको दुईतर्फ जंगल रहेकाले प्रशस्त जंगली जनावर खौराहामा पानी खान आउने गर्छन् । उनले थपे, ‘हात्ती, बाघ, गैंडा, विभिन्न प्रजातिका चरा र्‍याफ्टिङबाटै आनन्दपूर्वक अवलोकन गर्न सकिने भएकाले खौराहा खोलामा वाइल्डलाइफको मज्जा लिन सकिन्छ ।’ जैविक विविधताको अनुपम मि श्रण, प्राकृतिक हरियाली खौराहा जलमार्गबाट देख्न सकिन्छ ।

र्‍याफ्टिङ गर्न काठमाडौंबाट आएका पर्यटक मधुसूदन थापाले अत्यधिक गर्मी भए पनि खौराहाको रोमाञ्चक दृश्यावलोकनले थकान बिर्साएको बताए । वरिपरि जंगल भएकाले वन्यजन्तु प्रशस्त देख्न पाइने उनको भनाइ छ । निकुञ्जभित्रको खौराहा जलमार्ग र्‍याफ्टिङका लागि रमणीय रहेको चोरी–सिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताए ।...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.