महाकालीको पानी प्रदुषित बन्दै

महाकालीको पानी प्रदुषित बन्दै

दार्चुला : यार्सा टिप्ने हिमालदेखि तराईका फाँटसम्मको बस्तीका कारण नेपाल–भारत सीमा नदी महाकाली प्रदूषित बनिरहेको छ। टिंकरदेखि दक्षिणका नेपाल र भारतीय बस्तीको फोहोर र शौचालयहरू महाकालीमै मिसाइएपछि लाखौं मानिसले खानेपानीको रूपमा प्रयोग गर्ने महाकाली नदी प्रदूषित भइरहेको हो।

जिल्ला सदरमुकाम रहेको दार्चुलामा पनि बजारका सबै फोहोर नदीमा विसर्जन गरिने गरिएको होटल व्यवसायी हरिससिंह चैंसिरले बताए। उनले ०७० सालको बाढीपछि विस्थापित बस्तीमा शौचालय नभएको र उनीहरूले बनाएका कच्ची शौचालय पनि महाकालीमा मिसाएको बताए।

‘होटलबाट निस्कने फोहोर, बजार आसपासको बस्तीले नदीको छेउमै गर्ने खुला शौच र ढल तथा शौचालयको पाइप पनि नदीमा मिसाइएकाले खानेपानीको स्रोतको रूपमा रहेको मकाकाली प्रदूषित हँुदै गएको छ’, चैंसिरले भने। ०७० सालका बाढीपीडितहरूले आफूहरूसँग भएको सम्पति महाकालीमा बगेको र अब शौचालयसमेत निर्माणका लागि रकम नभएकाले नदी छेउमै शौच गर्नुको विकल्प नरहेको बताएका छन्।

हिमालको काखबाट सुरु भएको मकाकालीमा त्यसपछिको दुई किलोमिटरपछि तराईको बनबसासम्म झण्डै दुई हजार किमिमा वारिपारि दुवैतिर घना बस्ती छ। ती बस्तीको खानेपानीको मुख्य स्रोत नै महाकाली रहेको शिक्षक मार्ससिंह पासवानले बताए। ‘नेपाल र भारतको सीमा छुट्याउने नदीमा वारिपारि दुवै देशका बस्तीले फोहोर पारेका छन्’, उनले भने।

केही वर्षअघि कञ्चन बग्ने महाकालीमा आजभोलि पलास्टिक तथा सिसाका बोतलहरू, सडेगलेका बस्तु र मरेका बस्तुभाउसमेत विसर्जन गरिने नदी छेउकै लवराज अवस्थीले बताए। ‘दार्चुलाको बंगाबगडदेखि भारतको टनकपुर÷वनबासासम्मका मानिसले थुपारेको फोहोर महाकालीमै फालिन्छ। अधिकांश मानिस अहिले पनि महाकालीकै पानी खाना पकाउने, लुगा धुनेजस्ता घरायसी प्रयोजनमा प्रयोग गर्छन्, नदीको स्वच्छताबारे चेतना फैलाउन आवश्यक छ’, अवस्थीले भने।

महाकालीमा यस्तो फोहोर हुँदाहुँदै पनि पिउने पानीको वैकल्पिक व्यवस्था नहुँदा समस्या आएको दार्चुलाका आइरन व्यवसायी गोपाल लुहारले बताए। उनले बस्ती र बजार भएका स्थानमा संकलन हुने फोहोर नदीमा नफाल्न स्थानीय तहहरूले पहल गर्नुपर्ने बताए। लुहारले होटलहरूमा बनाइएका पक्की तथा कच्ची शौचालयको सेफ्टी ट्यांकी नभएको र सबैले महाकालीमा फाहोर मिसाएकाले नदी आसपासका बस्तीमा हैजा फैलिन सक्ने बताए।


यार्सा संकलकले गर्ने फोहोरले पनि नदीमा प्रदूषण बढेको बताइएको।

मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा दार्चुला जिल्ला स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा गरेको महिना दिन पनि भएको छैन। तर, अहिले बिहानको समय महाकाली किनारमा शौच गर्नेहरूको लाम भेटिने गरेको स्थानीय पत्रकार शंकर धामीले बताए।

नदीको तल्लो तटीय क्षेत्र मात्रै होइन, यार्सा संकलकहरूका कारण हिमालमा पनि प्रदूषण बढिरहेको छ। उच्च हिमाली क्षेत्रमा हरेक वर्ष जाने लाखौं यार्सा संकलकले गर्ने फोहोरले पनि नदीमा प्रदूषण बढेको दार्चुलाका यार्सा संकलक मंगलसिंह ठगुन्नाले बताए। ‘हिमालमा हुने प्रदूषणले नदी प्रदूषित हुन्छ, अनि हिउँ पग्लिन्छ र यार्साको उत्पादनमा पनि ह्रास आउछ भन्ने कुराको चेतना संकलकहरूलाई दिन जरुरी छ’, उनले भने।

दार्चुला सदरमुकाम नजिकै महाकालीमा मिसाइएको फोहोर। सुन्दरसिह धामी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.