संसदीय समिति गठन अलमलमा

संसदीय समिति गठन अलमलमा

काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले संसदीय समितिमा भागबण्डा खोजेपछि आइतबार राष्ट्रियसभाका विषयगत समिति गठन हुन सकेनन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले समिति गठनका लागि नाम मागेपछि कांग्रेसले समिति सभापतिको भागबण्डा नभइ सदस्यको नाम नदिने अडान राखेको थियो । कांग्रेसले नाम नदिएपछि आइतबारको बैठकमा समिति गठनको एजेन्डा कार्यसूचीबाट हटाइएको थियो ।

राष्ट्रियसभाका चार र संयुक्त सदनका दुईवटा विषयगत समितिमा बस्ने सांसदको नाम दिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाले कांग्रेससँग माग गरेका थिए । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले पहिले समिति सभापतिको टुंगो लाग्नुपर्ने धारणा राख्दै कांग्रेसलाई राष्ट्रियसभामा एउटा समितिको सभापति दिनुपर्ने अडान राखेका थिए । सत्तापक्षले प्रतिनिधिसभा, राष्ट्रियसभा र संयुक्त सदनका १६ मध्ये प्रतिनिधिसभा लेखा समितिको सभापति मात्र विपक्षी कांग्रेसलाई दिने तयारी गरिरहेको छ । ‘राष्ट्रियसभाका चार मध्ये एक समितिको सभापति नपाए कांग्रेसले समितिमा बस्ने सदस्यको नामै नदिनेसम्मको अडान राख्यो’, कार्यव्यवस्थाका एक सदस्यले अन्नपूर्णसँग भने । राष्ट्रियसभामा दिगो विकास तथा व्यवस्थापन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय गरी चारवटा विषयगत समिति छन् । प्रत्येक समितिमा बढीमा १५ सदस्य रहनेछन् ।

यस्तै संयुक्त सदनमा १५÷१५ सदस्यीय संसदीय सुनुवाई विशेष समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति गठन हुनेछन् । यी दुईवटा विशेष समितिमा राष्ट्रियसभाबाट ३÷३ जना सदस्य रहनेछन् । राष्ट्रियसभा अध्यक्षले दुई साता अघि नै समितिमा बस्ने सांसदहरूको नाम दिन दलसँग माग गरेका थिए । तर कांग्रेसले समिति सभापतिको टुंगो नलागी नाम नदिने अडान राखेको छ । ‘बहुमतका आधारमा जाने कि प्रमुख विपक्षीलाई पनि समेटेर जाने भन्नेमा सत्तापक्ष प्रष्ट हुनुप¥यो’, राष्ट्रियसभामा कांग्रेसकी प्रमुख सचेतक सरिता प्रसाईंले भनिन,‘समिति के कस्तो हुने, कुन कसले लिने भन्ने कुराको टुंगो नलागी नाम मात्र दिएर हुँदैन ।’

कांग्रेसले राष्ट्रियसभाका चारमध्ये एक समिति र संयुक्त सदनका दुईवटै समितिमा कांग्रेसको प्रतिनिधित्व हुनुपर्ने अडान राख्दै आएको छ । कांग्रेसका नेताहरूले सत्तासीन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समितिको सभापतिको भागबण्डा गर्न आग्रह गरेका छन् । नेम्वाङले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी ओली आइतवार मात्र चीन भ्रमणबाट फर्केकाले छलफल गर्ने आश्वासन दिएको कांग्रेसका नेताहरू बताउँछन् । तर नेम्वाङले भने ०४८ सालमा कांग्रेसको बहुमत भएका बेला प्रमुख विपक्षीलाई प्रतिनिधिसभाको लेखा समितिको मात्र सभापति दिएको कुरा स्मरण गराउँदै अन्य समितिमा भागबण्डा नखोज्न आग्रह गरिसकेको स्रोतले बतायो । ‘लेखा समितिको सभापति प्रमुख विपक्षीलाई दिने हो’, नेम्वाङले भने, ‘अरु समितिको सभापतिबारे त विगतका नजिर र अभ्यासबारे कांग्रेस पनि जानकार छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.