मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारको ३ लाख

मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारको ३ लाख

जनकपुरः प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

गम्भीर प्रकृतिका घाइतेहरुलाई बढीमा तीन लाख रुपैयाँ दिने निर्णय गरिएको मुख्यमन्त्री लालबाबु राउतले जनाए । उनका अनुसार त्यसपछि क्रमश घाइतेको अवस्था अनुसार क्रमश डेढ लाख र कम्तीमा १ लाखसम्म रुपैयाँ तत्कालका लागि दिने निर्णय गरिएको छ ।

आन्दोलनका घाइतेहरुको अवस्था र प्रकृति हेरेर आर्थिक सहयोग गर्ने नीति लिइएको सरकारका प्रवक्ता एवम अर्थमन्त्री विजय यादवले जानकारी दिए । 

उनका अनुसार अपाङ्ग भएका घाइते, सख्त र सामान्य घाइते गरी तीन समुह बनाइन्छ । मापदण्ड अनुसार अपाङ भएका घाइतेलाई ३ लाख दिइने निर्णय गरिएको सरकारका प्रवक्ता यादवले जनाए । घाइतेहरुको वास्तविक तथ्यांक नभए पनि संकलन गरेर बाँडने सरकारले तयारी गरेको अर्थमन्त्री यादवले बताए ।

यसैगरी सोमबारै बसेको मन्त्रिपरिषदको बैठकले बिद्याधर मलिकको अध्यक्षतामा प्रदेशको प्रशासनिक संरचना सुधार सुझाव समिति गठन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको हो । जसमा सबै मन्त्रालयका सचिवहरुलाई पदेन सदस्य राखिएको छ । 

त्यसैगरी बैठकले मुख्य न्यायधिबक्ताको कार्यालयबाट प्राप्त कानुनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धि निर्देशिका २०७५ लाई समेत स्वीकृति प्रदान गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.