विप्लवका कार्यकर्ताले चलाए गाउँसभा, मागे विकास बजेट

विप्लवका कार्यकर्ताले चलाए गाउँसभा, मागे विकास बजेट

कालिकोटः अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले संविधान नै मान्दैन । वर्तमान संघीय संरचना र अहिलेको शासन व्यवस्था पनि मान्दैन । अहिलेका स्थानिय सरकारका कुनै पनि गतिबिधिहरुमा सहभागी पनि हुँदैन । 

यसको विरुद्धमा एकीकृत क्रान्ति गर्ने भनेर जिल्लाका ग्रामिण समुदायहरुमा जागरण अभियान नै सञ्चालन गरिरहेको छ । तर कालिकोटको एक गाँउपालिकाको आर्थिक वर्ष २०७५∕२०७६ को प्रथम गाँँउसभा नै विप्लवको पार्टीले चलाएपछि सबै चकित भएका छन् । 

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको अध्यक्षता र जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको गाँँउसभाको सञ्चालन वडासचिव विष्णुकान्त प्याकुरेलले गरिरहेका थिए । गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी विभिन्न व्याक्तिहरुलाई सम्मान कार्यक्रम चलिरहेको थियो । समय पनि निकै कम थियो । 

साँझ पर्न लागेकाले गाँउसभा निकै हतारमा संचालन भइरहेको थियो । त्यहीबेला नेकपाका नेता अनरुप बिकले कार्यक्रममा आएर गाँँउसभामा आफूहरुको केही प्रस्ताव पेश गर्ने समय मागे, आयोजकले समय पनि दिए । उनले सीधै गाँउसभाको रोस्टममा उभिएर भाषण पो गर्न थाले । पार्टीको प्रस्ताव  पेश गर्ने भनेर मागिएको समयमा नेकपाका फाँताका नेता बिक भाषण गर्न लागेपछि कार्यक्रमका अतिथि र सहभागी आश्चार्यमा परे । 

उनले भाषण गर्दै भ्रष्टाचार मुक्त गाउँपालिका बनाउनुपर्ने, पार्टीको निर्णयानुसार आफुहरुले प्रस्ताव पेश गर्न लागेको बताए । उनले आफुहरुको पार्टीको गतिबिधिबारेसमेत जानकारी गराए । कतिपयले त साँझ पर्ने समयमा नेकपाका नेतालाई भाषण गर्न दिएको भनेर आयोजकको आलोचना समेत गरे । 

उनले फेरि कार्यक्रम सञ्चालक बिष्णुकान्त प्याकुरेललाई माइक्रोफोन नदिएर आफ्नै पार्टीका नेता सरोज बिकलाई प्रस्ताव बाचन गरी पेश गर्न आग्रह गरे । कार्यक्रमका अध्यक्ष लक्ष्मण बमले प्रस्तावहरु सीधै हस्तान्त्रण गर्न आग्रह गरेपनि उनले पनि सीधै माइक्रोफोन समातेर भाषण गरे र आफ्ना प्रस्तावहरु पनि पनि बाचन गरे । 

प्रस्तावहरु बाचन गर्दै नेकपाका नेता सरोज बिकले भने, गाउँपालिकाको पहिलो वर्ष नाताबाद, कृपाबाद र पक्षपात भएको, विकासका काममा भ्रष्टाचार, ढिलासुस्ती भएको, अवैधानिक उपभोक्ता समिति गठन भएको, उपभोक्ताले सार्बजानिक सुनुवाई नगरेको, होडिङ बोर्डको व्यवस्था अनिवार्य गर्नुपर्ने माग गरे । 

त्यसैगरी जलश्रोत, यातायात, पर्यटन, सिचाईँ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता योजनालाई प्राथमिकता दिनुपर्ने, राजनीतिक क्षेत्र भन्दा आवश्यकताका आधारमा बजेट बिनियोजन गर्नुपर्ने, कर्मचारीलाई हतियार बनाएर निर्वाचित जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको भन्दै यसमा रोक लगाउनुपर्ने र वैज्ञानीक अर्थतन्त्रको नीति अवलम्वन गर्नुपर्ने पनि माग गरिएको छ । उनले आफुहरुको तर्फबाट पनि केही योजनामा बजेटको व्यवस्था गरिदिन आग्रह गरे । त्यसपछि बाचन भएका प्रस्ताव गाउँपालिका अध्यक्षलाई हस्तान्त्रण गरे । 

कार्यक्रममा पलाँता गाउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बजेट भाषण गर्दै आगगामी आर्थिक वर्षको बजेट कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, बिद्युत, युवाको क्षेत्रमा बिषेश प्राथमिक्ता दिएको बताए । उनले अबको दुई वर्षमा हरेक वडामा सडक सञ्जाल, हरेक घरधुरीमा सफा खानेपानी, एक घर एक करेसाबारी, एक सय युवालाई मासिक २४ हजार रुपैयाँ तलब दिएर विकास निर्माणका काममा लगाउने, स्थानीय उत्पादनमा बृद्धि र रोजगारी सिर्जनामा जोड दिए । 

त्यसैगरी सुशानमैत्री सेवा प्रबाह, न्यायमा समान पहुँच, ठुला आयोजनालाई प्राथमिकता, उज्यालो पलाँता, समृद्ध पलाता कार्यक्रम सञ्चालन गर्ने पनि बताए । उनले पर्यटकमैत्री गाउँपालिका, होमस्टे सञ्चालन, वातावरणमैत्री संरचना निर्माण, कृषि पकेट क्षेत्र निर्धारण, युवा रोजगार कार्यक्रम, एक गाउँ एक सिचाईँ पोखरी र मदिरा निषेधित गाउँपालिका बनाउने प्रतिबद्धता जनाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.