थुनामुक्त गराइदिने भन्दै ठगी गर्ने पक्राउ

थुनामुक्त गराइदिने भन्दै ठगी गर्ने पक्राउ

भैरहवा :  ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी घरभइ हाल काठमाण्डौँ बस्ने ४८ वर्षीय राजेश गौड रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार अवैध हुण्डी कारोबारको विषयमा गत फागुन २८ गते भैरहवाका व्यवसायी हरिश सेठियालाई लक्षित गरी प्रहार भएको गोली घटनाको आरोपमा पक्राउ परेका भैरहवाका ४४ वर्षीय मोहन बनियाँलाई थुनामुक्त गराइदिने भन्दै गौडले बनियाँको आफन्तसँग १० लाख रुपैयाँ लिएर फरार भएका थिए।

ठगी गरी फरार रहेका गौडलाई काठमाडौंबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घटनालगत्तै भग्दाभग्दै पक्राउ परेका भारत नौतनवाका सुटर रमजान मुसलमानले गोली प्रहार गर्नका लागि आफूलाई मोहन बनियाँले सुपारी दिएको प्रहरीलाई बयान दिएका थिए। सोही बयानको आधारमा प्रहरीले बनियाँलाई पक्राउ गरेको थियो।

पछि प्रहरीले सुटरले बयान फेरेको भन्दै पक्राउ परेको बनियाँलाई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीबाट मुद्दा चलाउन आवश्यक नदेखिएको भन्दै पर्चा खडा गरेर थुनामुक्त गरेको थियो। 

जसमा ठूलो रकमको चलखेल भएको थियो। बनियाँलाई थुनामुक्त गराउनका लागि उनको परिवारबाट गौडले थुनामुक्त गराइदिने भन्दै १० लाख रुपैयाँ लिएर फरार भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.