अवैध सामानसहित दुई पक्राउ
बिर्तामोड : इलाका प्रहरी काकडभिट्टाले झापाका विभिन्न स्थानबाट दुई लाख पैतालिस हजार बराबरको अवैध सामानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।मेचीनगर नगरपालिका-६ पुरानो भन्सारबाट एक लाख पच्चीस हजार रुपैयाँ बराबरको मोटरपार्टस सहित शिवसताक्षी नगरपालिका-६ का कुलप्रसाद ढकाल र मुकेश राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरुलाई मे ७ प ८९८ नम्बरको मोटरसाइकलमा राखी भारतबाट भन्सार छली गरी ल्याएको चार काटुन मोटरपार्टसका सामानसहित सोमबार साँझ पक्राउ गरेको हो।
दुबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ। यसैगरी मेचीनगर नगरपालिका-६ पिक्कीठ्याकबाट मंगलबार बिहान नेपालबाट भारततर्फ लैजादै गरेको २सय ७५ किलो मरिच पनि बरामद भएको छ।
बरामद मरिचको बजार मूल्य दुई लाख बीस हजार रहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !