५० हजार लिटर अवैध मदिरा नष्ट
काठमाडौं : प्रहरीले अवैध मदिरा नष्ट गरको छ । महानगरीय प्रहरी परिसर काठमाडौं मातहत वृत्त प्रभागहरूबाट नियन्त्रणमा लिइएको ५० हजार लिटरअवैध घरेलु मदिरा परिसर काठमाडौंमा नष्ट गरिएको हो ।
प्रहरी वृत काठमाडौंका एसपी विश्वराज पोखरेलले काठमाडौं उपत्यकामा अवैध तरिकाले मदिरा उत्पादन गर्ने गरिएकाले नष्ट गरिएको जानकारी दिए । काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न ठाउँमा अवैध तरिकाले बनाएको मदिरा नष्ट गरिएको उनको भनाई थियो । प्रहरीले रक्सी बनाउनकका लागि चाहिने सख्खरलगायत केमिकलसमेत बराबद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !