अश्लील भिडियो डाउनलोड गर्दै बिक्री गर्ने सात पक्राउ
काठमाडौं : गैर कानुनी रुपमा अश्लील भिडियो डाउनलोड गर्दै विक्री गर्ने समूह नै प्रहरी फन्दामा परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रदेश २ प्रहरी कार्यालय मकवानपुरबाट प्रनी रोशन थापाको कमाण्डमा खटेको टोलीले अश्लील भिडियो डाउनलाडे गरी बिक्री वितरण गर्ने गिरोहलाई नै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ का २४ वर्षीय राम लामिछाने, ३२ वर्षीय सन्जोग थिङग, उपमहानगरपालिका २ का २२ वर्षीय उज्वल खड्का, वडा नम्बर १० का प्रकाश रौनियार, वडा नम्बर ५ का २४ वर्षीय विनय न्यौपाने, वडा नम्बर ११ का ३५ वर्षीय चन्द्रबहादुर डंगोल, र सर्लाही बाग्मती नगरापकिा ८ घर भइ हेटौंडा बस्ने बद्रीप्रसाद नेपाल छन्।
प्रहरीले उनीहरुले भिडियो डाउनलोड गर्न प्रयोग गर्ने उपकरणसमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस !