पूर्वमा ७.२२ प्रतिशत रोपाइँ

पूर्वमा ७.२२ प्रतिशत रोपाइँ

विराटनगर : पूर्वमा असार दोस्रो सातासम्म करिब ७ दशमलव २२ प्रतिशत रोपाइँ भएको छ। कृषकका लागि मानो खाएर मुरी उब्जाउने सिजनसँगै पर्याप्त सिँचाइ सुविधा भएको उच्च तथा पहाडी जिल्लामा धमाधम रोपाइँ भइरहेको छ। नेपालमा अन्नको भण्डार भनेर चिनिने पूर्वी तराईका जिल्लामा पनि रोपाइँ सुरु भएको छ। पहाडी जिल्लामा सबैभन्दा धेरै भोजपुरमा ५० प्रतिशत र सबैभन्दा थोरै संखुवासभामा तीन प्रतिशत मात्रै रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ। हालसम्म तराईका जिल्लामा सबैभन्दा थोरै झापा, सप्तरी र सिरहामा एक÷एक प्रतिशत रोपाइँ भएको छ।

पूर्वका १६ जिल्लामा चार लाख ६६ हजार दुई सय हेक्टरमा धान खेती हुन्छ। तराई क्षेत्रमा मात्रै तीन लाख ५१ हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। धान खेती हुनेमध्ये असार दोस्रो सातासम्म ३३ हजार ६ सय ८० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार पहाडी जिल्लामध्ये भोजपुरमा ५० प्रतिशत, तेह्रथुममा ३०, सोलुखुम्बुमा २३, पाँचथरमा १६, ताप्लेजुङमा १५, संखुवासभामा तीन, इलाममा नौ, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा पाँच÷पाँच प्रतिशत रोपाइँ सकिएको छ। तराईका जिल्लामध्ये सुनसरीमा १५, मोरङमा पाँच, झापा, सप्तरी र सिरहामा एक÷एक प्रतिशत रोपाइँ भएको उनले बताए। १६ जिल्लामध्ये सप्तरी र सिरहा प्रदेश २ र अन्य १४ वटा जिल्ला प्रदेश १ मा पर्छन्।

१८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भोजपुरमा नौ हजार हेक्टर, १० हजार मध्ये तेह्रथुममा तीन हजार हेक्टर, एक हजार पाँच सय हेक्टरमा धान खेती हुँदै आएको सोलुखुम्बुमा तीन सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रवक्ता उप्रेतीले बताए। उनका अनुसार नौ हजार दुई सय हेक्टरमध्ये पाँचथरमा एक हजार चार सय हेक्टर, आठ हजार सात सय हेक्टरमध्ये ताप्लेजुङमा एक हजार तीन सय, १३ हजार आठ सयमध्ये संखुवासभामा चार सय १५ हेक्टर, १४ हजार आठ सयमध्ये इलाममा एक हजार तीन सय ३० हेक्टर, धनकुटामा सात हजार नौ सयमध्ये तीन सय ९० हेक्टर, उदयपुरमा १३ हजार तीन सयमध्ये ६ सय ७० हेक्टर, ओखलढुंगामा चार हजार चार सयमध्ये दुई सय २० हेक्टर र खोटाङमा १२ हजार नौ सय हेक्टरमध्ये ६ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको उप्रेतीले बताए।

उनका अनुसार सुनसरीमा ५५ हजार हेक्टरमध्ये आठ हजार दुई सय ५०, झापामा ७७ हजार हेक्टरमध्ये एक हजार तीन सय १० हेक्टर, मोरङमा ७८ हजारमध्ये तीन हजार नौ सय हेक्टर, सप्तरीमा ७० हजारमध्ये सात सय हेक्टर र सिरहामा ६० हजार सात सय ५० हेक्टरमध्ये ६ सय सात हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।


पहाडी जिल्लामा सबैभन्दा धेरै भोजपुरमा ५० प्रतिशत र सबैभन्दा थोरै संखुवासभामा तीन प्रतिशत मात्रै रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ।

कार्यालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार विशेष गरेर तराई क्षेत्रमा असार १५ पछि मात्रै धामाधम रोपाइँ हुने गरेको छ। ‘विशेष गरेर तराईमा साउनभरीमै रोपाइँ सकिन्छ’, उनले भने, ‘लगभग पाँच प्रतिशत जति भदौ दोस्रो सातासम्म लगाएर गरिन्छ।’ अधिकारीका अनुसार उच्च तथा पहाडी क्षेत्रमा भने अहिले रोपाइँको सिजन छ।

ढिलो रोप्दा धान पसाउन समस्या हुने र उत्पादन नदिने भएका कारण उच्च पहाडी क्षेत्रमा भने बेलैदेखि रोपाइँ हुने गरेको जानकारी अधिकारीले दिए। उनले भने, ‘राम्रो उत्पादन लिनलाई मौसमका कारण पहाडको पनि उच्च भेगमा असारभित्र नै रोपाइँ सकिसक्नु पर्छ।’ पछिल्लो समय भइरहेको खण्डबृष्टिका कारण पहाडी जिल्लामा रोपाइँलाई केही बाधा भने पुगिरहेको अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.