विश्वकप र एसिया: १९५० मा छनोट भए पनि भारतले किन खेलेन ?

विश्वकप र एसिया: १९५० मा छनोट भए पनि भारतले किन खेलेन ?

युरोपियन र दक्षिण अमेरिकी टिमको फुटबल खेल्ने शैली र खेल कौशलले विश्वका अन्य भू-भागका फुटबल खेल्ने टिमहरुलाई सधै छायामा पार्दै आएका छन्। २० ओटा विश्वकप सम्पन्न भइसक्दा युरोपका ९ टिम र दक्षिण अमेरिकाका ३ टिमले मात्र फाइनल खेल्ने सौभाग्य पाएका छन्,जसमा युरोपका ५ टिमले ११ पटक उपाधि उचालेका छन् भने दक्षिण अमेरिकाका ३ टिमले ९ पटक, यसैगरी युरोपका ८ टिमले १५ पटक र दक्षिण अमेरिकाका २ टिमले ५ पटक उपविजेतामा चित्त बुझाएका छन्। 

सि.नं.

फाइनल पुग्ने टिम

खेलेको फाइनल 

बिजेता

उपविजेता

जर्मनी

ब्राजिल

ईटाली

अर्जेन्टिना

नेदरल्याण्ड

उरुग्वे

फ्रान्स

चेकोस्लोभाकिया

हंगेरी

१०

इंग्ल्याण्ड

११

स्पेन

१२

स्वीडेन

 

कुल

४०

२०

२०

२१ औं संस्करणको रसिया विश्वकप २०१८ मा अन्तिम १६ पुग्ने टिम मध्ये १० टिम युरोपबाट छन् यसैगरी ४ टिम दक्षिण अमेरिकाका छन्। उत्तर मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट छनोट भएको मेक्सिको र एसियाबाट जापान मात्र अन्तिम १६ मा पुग्न सके भने अफ्रिका बाट कुनै पनि टिमले अन्तिम १६ मा स्थान बनाउन सकेनन्।  यसरी हेर्दा अन्य उत्तर अमेरिकी, अफ्रिकी र एसियाली टिमहरु विश्वकपमा सहभागिताका लागि मात्र खेल्ने, प्रतिष्पर्धामा खरो उत्रन नसक्ने र प्राय खराब प्रदर्शन गरेर फर्कने गरेको इतिहास छ। विश्वकपमा एसियाली टिमको उपस्थिति र प्रदर्शनलार्इ एकपटक सरसर्ती हेर्ने हो कि ? 

इतिहास
सुरुवाती चरणका विश्वकपमा एसियन टिमले सहभागिता जनाउन पाएका थिएनन भने विश्वकप १९५० मा इण्डिया छनोट भएर पनि आन्तरिक कारणले विश्वकप खेलेको थिएन।  एसियन छनोट पार गर्दै विश्वकपमा उत्तर कोरियाले सन् १९६६ को विश्वकपमा सहभागी हुने पहिलो एसियाली राष्ट्रको सौभाग्य प्राप्त गरेको थियो। १९७० को विश्वकपमा इजरायल १९७४ मा अष्ट्रेलिया १९७८ मा इरानले प्रतिनिधित्व गरेका थिए भने १९८२ बाट सहभागी राष्ट्र को संख्या १६ बाट २४ बनाइए संगै एसियाबाट कुवेत र आसियाना बाट न्युजिल्यान्ड,  १९८६ मा इराक र दक्षिण कोरिया,  १९९० मा दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स, १९९४ मा दक्षिण कोरिया र साउदी अरेबिया ले सहभागिता जनाएका थिए।

१९९८ मा सहभागी राष्ट्रको संख्या बढाएर ३२ बनाइए पश्चात इरान, जापान, साउदी अरेबिया र दक्षिण कोरियाले सहभागिता जनाएका थिए। पहिलोपटक एसिया महादेशमा विश्वकप आयोजना भएको सन् २००२ को विश्वकपमा जापान र दक्षिण कोरिया संयुक्त आयोजकका रुपमा सहभागी भएका थिए भने चीन र साउदी अरेबिया पनि सहभागी भएका थिए। २००६ को विश्वकपमा इरान, जापान, साउदी अरेबिया र दक्षिण कोरिया तथा आसियानबाट अष्ट्रेलिया, २०१० मा अष्ट्रेलिया, जापान, उत्तर कोरिया र दक्षिण कोरिया तथा २०१४ को ब्राजिल विश्वकपमा अष्ट्रेलिया, ईरान, जापान, र दक्षिण कोरिया सहभागी भएका थिए। 

प्रदर्शन 
पहिलो पटक एसियाको प्रतिनिधित्व गर्दै खेलेको उत्तर कोरिया १९६६ को विश्वकपमा सोभियत संघसंग ३-० ले पराजित भए पनि इटालीलाइ १-० ले पराजित गर्दै र चिलीसंग १-१ को बराबरी खेल्दै दोश्रो चरणमा स्थान बनाएको थियो। कुल १६ राष्ट्र सहभागी विश्वकपमा उत्तर कोरिया क्वाटरफाइनलमा पोर्चुगलसंग ५-३ गोल अन्तरले पराजित हुँदै घर फर्किएको थियो। त्यस्तै १९७० को विश्वकप खेलेको इजरायल उरुग्वेसंग २-० ले पराजित भएको थियो भने स्वीडेनसंग १-१ र इटालीसंग ०-० को बराबरी खेल्दै समूह चरण बाटै बाहिरिएको थियो। १९७४ को विश्वकप मा सहभागी अष्ट्रेलिया पूर्वी जर्मनीसंग २-० र पश्चिम जर्मनीसंग ३-० ले पराजित भएको थियो भने चिलीसंग ०-० को बराबर गर्दै पहिलो चरण बाटै घर फर्किएको थियो। १९७८ को विश्वकपमा सहभागी इरान नेदरल्याण्डसंग ३-० ले र पेरुसंग ४-१ ले पराजित भएको थियो भने स्कटल्याण्डसंग १-१ को बराबर खेल्दै समूहमा अन्तिम स्थानमा रहँदै आफ्नो यात्रा समाप्त गरेको थियो।

१९८२ को विश्वकपमा सहभागी कुवेतको विश्वकप यात्रा चेकोस्लोभाकियासंग  १-१ को बराबर बाट सुरु भएता पनि फ्रान्ससंग ४-१ र इंग्ल्याण्डसंग १-० ले पराजित हुँदा पहिलो चरण मै समाप्त भएको थियो। १९८६ को विश्वकपमा सहभागी दक्षिण कोरिया अर्जेन्टिना संग ३-१ ले र इटालीसंग ३-२ ले पराजित भएको थियो भने बुल्गेरिया संग १-१ को बराबर खेल्दै समुहमा अन्तिममा रहेको थियो त्यस्तै इराक पाराग्वेसँग १-०, बेल्जियमसंग २-१ र मेक्सिकोसंग १-० ले पराजित हुँदा शुन्य अंकमै विश्वकप यात्रा समाप्त भएको थियो।

१९९० को विश्वकपमा सहभागी संयुक्त अरब इमिरेट्स कोलम्बियासंग २-० , पश्चिम जर्मनीसंग ५-१ ले र युगोस्लाभियासंग ४-१ ले पराजित हुँदै घर फर्किएको थियो भने दक्षिण कोरिया पनि बेल्जियमसंग २-० , स्पेनसंग ३-१ र उरुग्वेसंग १-० ले पराजित हुँदै घर फर्किएको थियो। १९९४ को विश्वकपमा दक्षिण कोरियाले स्पेनसंग २-२ को बराबर र बोलिभियासंग ०-० को बराबर खेलेता पनि जर्मनीसंग ३-२ ले पराजित हुँदा दोश्रो चरण प्रवेश गर्न सकेको थिएन तर सोही संस्करणमा सहभागी साउदी अरेबिया नेदरल्याण्डसंग २-१ ले पराजित भएर पनि मोरक्कोलार्इ २-१ ले र बेल्जियमलार्इ १-० ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको थियो,  दोश्रो चरणमा स्वीडेनसंग ३-१ ले पराजित भएसंगै एसियाली टिमको विश्वकपमा प्रदर्शन फेरी एकपटक सहभागीताको लागि मात्र रहेको पुष्टि भयो।

१९९८ विश्वकपमा सहभागी चार ओटै एसियाली राष्ट्रहरुको यात्रा पहिलो चरणमा समाप्त भएको थियो।

१९९८

सी.न.

सहभागी राष्ट्र

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

ईरान

युगोस्लाभिया

०-१

अमेरिका

२-१

जर्मनी

०-२

जापान

अर्जेन्टिना

०-१

क्रोएसिया

०-१

जमैका

१-२

साउदी अरेबिया

डेनमार्क

०-१

फ्रान्स

०-४

दक्षिण अफ्रिका

२-२

दक्षिण कोरिया

मेक्सिको

१-३

नेदरल्याण्ड

०-५

बेल्जियम

१-१

२००२ को विश्वकपमा एसियाली राष्ट्रहरु मध्य जापान र दक्षिण कोरियाको प्रदर्शन अहिले सम्मकै अब्बल मान्न सकिन्छ। आयोजकको रुपमा रहेको जापानले प्रि-क्वाटरफाइनल सम्मको यात्रा गरेको थियो भने दक्षिण कोरियाको सेमिफाइनल यात्रा नै विश्वकपमा एसियाली टिमको अहिले सम्मकै सबैभन्दा सुखद यात्रा रहेको पाउन सकिन्छ।

२००२

सी.न.

सहभागी राष्ट्र

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

दक्षिण कोरिया

पोल्याण्ड

२-०

अमेरिका

१-१

पोर्चुगल

१-०

जापान

बेल्जियम

२-२

रसिया

१-०

ट्युनिसिया

२-०

चिन

कोस्टा रिका

०-२ 

ब्राजिल

०-४

टर्की

०-३

साउदी अरेबिया

जर्मनी

०-८

क्यामरुन

०-१

आयरल्याण्ड

०-३

आ-आफ्नो समूहमा २ खेलमाजित र एक खेलमा बराबर खेल्दै अफू रहेको समूहमा बिजेता रहँदै अन्तिम १६ मा स्थान बनाउने एसियाली टिमको रुपमा जापान र दक्षिण कोरिया रहनु समूह चरणमा एसियाली टिमको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रहेको पाउन सकिन्छ।  टर्कीसंग १-० ले अन्तिम १६ को खेलमा पराजित भएको जापानको यात्रा त्यहिँ समाप्त भएको थियो भने दक्षिण कोरियाको गौरवपूर्ण प्रदर्शन अन्तिम १६ मा इटालीलाइ अतिरिक्त समयमा २-१ ले , क्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ५-३ ले पराजित गर्दै अघि बढेकोमा सेमिफाईनलमा जर्मनी संग १-० ले पराजित भएसंगै तेश्रो स्थानको लागि भएको खेलमा टर्की संग ३-२ ले पराजित भएसंगै चौथो स्थानमा रहेर समाप्त भएको थियो। 

२००६

सी.न.

सहभागी राष्ट्र

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

ईरान

मेक्सिको

१-३

पोर्चुगल

०-२

एंगोला

१-१

जापान

अष्ट्रेलिया

१-३

क्रोएसिया

०-०

ब्राजिल

१-४

दक्षिण कोरिया

टोगो

२-१

फ्रान्स

१-१

स्वीजरल्याण्ड

०-२

साउदी अरेबिया

ट्युनिसिया

२-२

युक्रेन

०-४

स्पेन

०-१

अष्ट्रेलिया

जापान

३-१

ब्राजिल

०-२

क्रोएसिया

२-२

२००६ को विश्वकपमा अघिल्लो संस्करण को सेमिफाइनलिस्ट दक्षिण अफ्रिका १ जित र १ ड्र का बाबजुत दोश्रो चरण जान असफल भएको थियो भने १ जित र १ ड्र सहित अष्ट्रेलिया दोश्रो चरणमा गए पनि अन्तिम १६ को खेलमा इटालीसंग १-० ले पराजित हुँदै घर फर्किएको थियो।

विश्वकप २०१० मा जापन र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए भने एक जित र एक बराबरीका बाबजुत अष्ट्रेलिया समूहमा तेश्रो रहँदै घर फर्किएको थियो। अन्तिम १६ को खेलमा दक्षिण कोरिया उरुग्वेसंग २-१ जापान पाराग्वेसंग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै आआफ्नो यात्रा समाप्त गरेका थिए।

सी.न.

सहभागी राष्ट्र

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

दक्षिण कोरिया

ग्रिस

२-०

अर्जेन्टिना

१-४

नाइजेरिया

२-२

अष्ट्रेलिया

जर्मनी

०-४

घाना

१-१

सर्बिया

२-१

जापान

क्यामरुन

१-०

नेदरल्याण्ड

०-१

डेनमार्क

३-१

उत्तर कोरिया

ब्राजिल

१-२

पोर्चुगल

०-७

आइभरी कोस्ट

०-३

विश्वकप २०१४ मा एकपटक फेरि एसियाली राष्ट्रको कमजोर प्रदर्शन देखियो सहभागी ४ ओटै राष्ट्र आफू रहेको समूहको अन्तिम स्थानमा रहँदै घर फर्कन बाध्य भएका थिए। 

सी.न.

सहभागी राष्ट्र

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

प्रतिद्वन्दी

प्रदर्शन

अष्ट्रेलिया

चिली

१-३

नेदरल्याण्ड

२-३

स्पेन

०-३

जापान

आइभरी कोष्ट

१-२

कोलम्बिया

१-४

ग्रिस

० -०

ईरान

नाइजेरिया

०-०

अर्जेन्टिना

०-१

बोस्निया हर्जगोभिना

१-३

दक्षिण कोरिया

रसिया

१-१

अल्जेरिया

२-४

बेल्जियम

०-१

 

विश्वकप २०१८ र एसियाली टिम 
२०१८ को रुस संस्करणको विश्वकप हाल जारी रहेको छ। यस विश्वकपमा सहभागी एसियाली टिमको प्रदर्शन हेर्दा औषत मान्न सकिन्छ। विश्व फुटबलमा दबदबा कायम गर्ने युरोपियन र दक्षिण अमेरिकी टिमबिरुद्ध अन्य एसियाली र अफ्रिकी राष्ट्रको प्रदर्शन सधै कमजोर हुने गरेको देखिएता पनि यसपटकको विश्वकपमा केहि नतिजाहरु कमजोर ठानिएका टिमहरुले आफ्नो पक्षमा पार्न सफल भएका छन्। 

१ ) साउदी अरेबिया 
२०१८ को संस्करणको विश्वकपमा समूह ए मा रहेको साउदी अरेबिया उद्घाटन खेलमा आयोजक रसियासँग ५-० ले निराश भएको थियो भने दोश्रो खेलमा समूह विजेता उरुग्वेसंग १-० ले पराजित भएको साउदीले अन्तिम खेलमा इजिप्टबिरुद्धको  २-१ अन्तरको सान्तवना जितसंगै समूहमा तेश्रो रहँदै आफ्नो यात्रा समाप्त गरेको छ। 

२) इरान
समूह बी मा रहेको इरानले अघिल्लो चरणको यात्रा गर्न असफल भएको छ।  मोरक्कोलाइ १-० ले पराजित गरेपनि स्पेनसंग १-० ले स्तब्ध हुँदा अन्तिम खेलमा पोर्चुगल लाइ १-१ को बराबरमा रोकेपनी समूहमा तेश्रो मात्र भएर आफ्नो यात्रा समाप्त गरेको छ। 

३) अष्ट्रेलिया 
समुह सी मा रहेको अष्ट्रेलियाको यात्रा फ्रान्ससंग २-१ ले पराजित हुँदै अघि बढेकोमा डेनमार्कसंग १-१ को बराबर र पेरुसंग २-० ले पराजित हुँदा  समूहमा अन्तिम स्थानमा अन्त्य भएको छ। 

४) दक्षिण कोरिया 
पहिलो खेलमा स्वीडेनसंग १-० ले र दोश्रो खेलमा मेक्सिको संग २-१ ले पराजित दक्षिण कोरियाले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो संस्करणको विश्वविजेता जर्मनीलाई २-० ले स्तब्ध पार्दै घर फर्कन बाध्य भएको छ। दक्षिण कोरियाको यो जित जर्मनीबिरुद्धको कुनै पनि एसियाली टिमको पहिलो जित समेत रहेको भए तापनि एक मात्र जित दक्षिण कोरियालाई अघिल्लो चरणमा जान पर्याप्त रहेन र तेश्रो स्थानमा उसको यात्रा समाप्त भएको छ ।

५) जापान 
जापान यसपटक अन्य एसियाली टिमको तुलनामा थोरै भाग्यमानी ठहरिएको छ। कोलम्बियाबिरुद्ध २-१ को विजय प्राप्त गरेको जापानले सेनेगलसंग दुई पटकसम्म पछि परेको अवस्था उल्टाउँदै २-२ को ड्र खेलेको थियो भने अन्तिम खेलमा पोल्याण्डसंग पराजित भए पनि कुल ४ अंकसहित सेनेगलसंग बराबर अंक भएता पनि फेयर प्ले को आधारमा दोश्रो चरणमा जान सफल एक मात्र एसियाली टोली हुँदै प्रिक्वाटरफाइनलमा बेल्जियमसंगको भेट पक्का गरेको छ। आगामी खेलको लागि जापानलाई शुभकामना।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.