प्रदेशमा थपिए दुई संसदीय समिति

प्रदेशमा थपिए दुई संसदीय समिति

बुटवल : प्रदेश ५ को प्रदेशसभामा विषयगत समिति थप गरी ६ पु¥याएको छ । यसअघिको नियमावलीमा ४ समितिलाई संसोधनमाफत बढाएर ६ पु¥याइएको हो । चार समितिले नेतृत्व नपाउँदै समितिको संख्या बढेको हो । राजनीतिक भागवण्डामा पद पु¥याउनकै लागि संसदीय समिति बढाइएको हो । सरकारले भने एउटै समितिमा धेरै विषय समेट्दा प्रभावकारी छलफल हुन नसक्ने भन्दै समितिको संख्या थपेको जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयको संख्या समेत थप हुने संकेत गर्दै आएका छन् । ‘अहिलेको ढाचा केन्द्रबाट आएको हो, यसलाई प्रदेशले आश्यकता अनुसार थपघट गर्न सक्छ’, मुख्यमन्त्री पोखरेलले भने । संसदीय समिति थप गरिएको संसोधन प्रस्ताव आाइतबारको संसद बैठकले पारित गरेको हो ।

संसदमा सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, वन तथा वातावरण समिति, अर्थ उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास र कृषि समिति छन् । यसअघिको बिधायन समिति भने हटेको छ । संसदले नियमावली संसोधन गर्न दामा शर्माको नेतृत्वमा समिति गठन गरेको थियो । चार समिति रहँदा दलीय भागवण्डामा कठिन भएको थियो ।

सार्वजनिक लेखा समिति सम्भवतः कांग्रेसले पाउनेछ । कांग्रेसले दुई समितिको सभापति माग गर्दै आएको छ । संघीय समाजवादी फोरमले सरकारलाई समर्थन गरेकाले उसले पनि समितिको सभापति दावि गरेको छ । अन्य चार समिति भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राख्नेछ । नियमाली अनुसार सार्वजनिक लेखा समितिको कार्यक्षेत्र सार्वजनिक लेखासम्बन्धी विषय र प्रादेशिक संवैधानिक निकाय तथा आयोगका प्रतिवेदन रहने छन् । भौतिक पूर्वाधार तथा विकास समितिको कार्यक्षेत्रमा ऊर्जा, विद्युत, सिँचाइ, खानेपानी, यातायात एवं भौतिक पूर्वाधार विकास मन्त्रालयसम्बन्धी छन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिको कार्यक्षेत्र आवधिक तथा क्षेत्रगत योजना, कर, बिमा, वित्तीय संस्था, खानी तथा खनिज, उद्योग पर्यटन एवं आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसम्बन्धी छ । प्रदेश मामिला तथा कानुन समितिको शासन व्यवस्था, मानवअधिकार, सुशासन, कानुन, न्याय, प्रत्यायोजित अधिकार, शान्तिसुरक्षा र सुव्यवस्था, प्रदेश प्रहरी, विपद् व्यवस्थापन एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित कार्यक्षेत्र छ ।

सामाजिक विकास समितिको कार्यक्षेत्रमा शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, श्रम, रोजगार, समाज कल्याण एवं सामाजिक विकास मन्त्रालय र कृषि, वन तथा वातावरण समितिको कार्यक्षेत्रमा कृषि, पशुपालन, खाद्य सुरक्षा, भूमिव्यवस्था सहकारी वातावरण एवं भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेका छन् ।

सभामुख पूर्णबहादुर घर्तीले संसदको विषयगत समितिले छिट्टै नेतृत्व पाउने बताए । ‘संसोधनपछि दलले समितिका सदस्यका रुपमा नाम पठाउन थालेको छ, त्यो पूरा हुनासाथ निर्वाचन प्रक्रिया थाल्छौं’, उनले भने ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.