प्रचण्ड गरे मालिका पिस पार्क र हेलिप्याडको उद्घाटन
गुल्मी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गुल्मीको मालिका पिस पार्क र हेलिप्याड उद्घाटन गरेका छन् । जिल्लाको मालिका गाउँपालिका (४ अर्खाबाङ्ग ठुलिचौरमा निर्माण गरिएको पर्यटकीय तथा धार्मिक स्थल मालिका पिस पार्क र हेलिप्याडको बुधबार एक कार्यक्रम बीच प्रचण्डले उद्धघाटन गरेका हुन् ।
त्यस्तै प्रचण्डले नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवन,तेस्रो मालिका रनिङ शिल्ड तथा अन्तर स्थानीय भलिबल प्रतियोगिताको उद्वघाटन गर्ने गाउँपालिकाले जनाएको छ । जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी पालिका बडिगाड ,गौमुखी गाउँपालिका र मितेरी पालिका ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल हुनेछ । वडास्तरीय भलिबल प्रतियोगिता ,आठवटै वडाबाट क्लब,आमा समूहले मौलिक पहिचान झल्कने रितिरिवाज प्रस्तुत गर्नेछन् ।
उनी ११ बजे गाउँपालिकाको केन्द्र अर्खावाङ्गमा हेलिकोप्टरमा आएका हुन् । उनलाई मालिका गाउँपालिकामा भव्य स्वागत गरिएको छ । गुल्मीमा अहिले प्रचण्डसहित दर्जनौं नेता आएका छन् । मालिकामा कार्यक्रम सम्पन्न भएलगत्तै उनी धुर्कोट गाउँ पालिका पुग्ने समय तालिका रहेको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आजै धुर्कोट गाउँपालिका -४ बर्बोटमा निर्मित पार्कको उद्वघाटन गर्नेछन् । त्यहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहिदहरु समसेर बहादुर खत्री, खिम बिक्रम नेपाली,जेदुराम भन्डारीको सालिक अनावरण तथा पार्क उद्घाटन गर्ने बताइएको छ । उनी यी कार्यक्रम सकेर आजै काठमाडौं फर्कने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !