अख्तियारमा अर्घाखाँचीबाट ८२ उजुरी

अख्तियारमा अर्घाखाँचीबाट ८२ उजुरी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अर्घाखाँची : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्घाखाँचीबाट ८२ उजुरी परेका छन्। स्थानीय,प्रदेश तथा सङ्घीय सरकारले सञ्चालन गरेका योजनामा भ्रष्टाचारसँगै कर्मचारीले घुस मागेको,गुणस्तरहीन सामग्री प्रयोग गरेको, प्रक्रिया मिचेर आफ्ना मान्छेलाई जागिर खुवाएको, जनप्रतिनिधिले अनावश्यक सेवा सुविधा लिएकोलगायतका विषयमा उजुरी परेका हुन् ।

तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा पुस मसान्तसम्मको तथ्यांकअनुसार ८२ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७ वटा र चालु आर्थिक वर्ष २०८१र०८२ को पुस मसान्तसम्ममा दर्ता भएका ५५ गरि ८२ वटा उजुरी दर्ता भएका छन् ।

आयोगमा परेका ८२ उजुरीमध्ये ४८ वटा मुद्दा फर्छ्यौट भइसकेका आयोगले जानकारी दिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये मालारानी गाउँपालिकाअन्तर्गत सबैभन्दा धेरै उजुरी आएका छन् । आयोगको कार्यालय बुटवलका अनुसार मालारानीका ४८ वटा उजुरी छन् । जसमध्ये २९ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने १९ वटा अनुसन्धानको क्रममा रहेका छन् ।

शितगंगा नगरपालिकाअन्तर्गत १५ वटा गजुरी रहेकामा ९ वटा फर्छ्यौट भइसकेका छन् । यस्तै,सन्धिखर्क नगरपालिकाअन्तर्गत ८ वटा उजुरी रहेका छन् भने ५ वटा फर्छ्यौट भइसकेका छन्। पाणिनि गाउँपालिका अन्तर्गत ५ वटा उजुरी रहेका छन् भने ४ वटा फर्छ्यौट भइसकेका छन्।

छत्रदेव गाउँपालिकाअन्तर्गत ३ वटा उजुरी रहेका छन् भने १ वटा फर्छ्यौट भइसकेका छन्। भूमिकास्थान नगरपालिकाअन्तर्गत ३ वटा उजुरी रहेका छन् भने २ वटा फर्छ्यौट भइसकेका छन्। आर्थिक वर्ष २०८१र०८२ को पुस मसान्तसम्ममा अर्घाखाँचीका ४८ उजुरी फर्छ्यौट भइसकेका छन् भने ३४ उजुरी उपर आयोगले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.