विज्ञान कूटनीति : समृद्धि अभियानका संवाहक
नेपालले संघीय संरचनामा प्रवेश गर्नासाथै समृद्धिले राष्ट्रिय अभियानको रूप धारण गरेको छ। किनभने समृद्ध नेपाललाई शासक तथा विरोधी दल दुुवैले साझा राष्ट्रिय मुुद्दाका रूपमा स्विकारेका छन। समृद्धिको यो संकल्पलाई सफल पार्न विभिन्न कारकले योगदान गर्न सक्छन्। भर्खरै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ऊर्जा, सूचना प्रविधि, पर्यटन आदिलाई देशको आर्थिक वृद्धिको संवाहकका रूपमा प्रस्तुुत गरिएको छ। यस क्रममा विज्ञान कूटनीतिले पनि सहायक संवाहकका रूपमा योगदान गर्न सक्छ।
दुुई देशका प्रतिनिधिले आपसी सम्बन्धको व्यवस्थापन गर्ने कार्यलाई कूटनीति भनिन्छ। यो कहिले एक देश अथवा पक्षविशेषको स्वार्थपूर्तिका लागि हुुन सक्छ भने हिजोआज धेरैजसो दुुवै पक्षको फाइदाका लागि अभ्यास गरिएको हुुन्छ। यसका विभिन्न स्वरूप हुुन सक्छन्। सन् ७० को दशकमा अमेरिकाका विदेशमन्त्री हेनरी किसिन्जर विभिन्न देशमा तारन्तार आवतजावत गरेर अमेरिकाको विदेशी नीतिलाई सफलीभूत बनाउन प्रयास गर्दथे। यो सटल डिप्लोम्यासीको नामले लोकप्रिय भयो। त्यसैगरी विज्ञानको प्रयोग गरेर मानवीय हितका काम गर्नुुलाई विज्ञान कूटनीति भनिन्छ। यसले विभिन्न देशबीच वैज्ञानिक सहकार्य गरेर साझा समस्यालाई सम्बोधन गर्दछ र रचनात्मक अन्तर्राष्ट्रिय साझेदारीको सिर्जना गर्छ।
विज्ञान कूटनीतिलाई बहुुधा आधुुनिक परिघटनाका रूपमा चित्रण गरिन्छ। तर यसको अभ्यास मिथकीय कालदेखि भएको देख्न सकिन्छ। रामायणमा कुुबेरले रामलाई पुुष्पक विमानको सेवा उपलब्ध गराएको प्रसंग छ। महाभारतको लडाइँमा अर्जुुनले युुद्ध गर्न अस्वीकार गरेपछि भगवान् कृष्णले दिव्य चक्षुु दिएर अर्जुुनलाई विराट् स्वरूप प्रदर्शन गराएका थिए। यो कुुनै वैज्ञानिक संयन्त्र नै हुुनुुपर्छ। नेपालमा सत्रौं शताब्दीमा राजा प्रताप मल्ललाई इसाई धर्म प्रचारका लागि आएका पादरी ग्रोबरले दुुरविन दिएको र राजाले उनलाई नेपालमा बस्ने अनुुमति दिएका थिए। यो पनि विज्ञान कूटनीतिको एक नमुुना हो।
विज्ञान कूटनीति अन्तर्राष्ट्रिय सम्बन्धलाई सुुधार गर्न प्रयोग गरिने माध्यम हो। विगतमा उपयोग गरिने सैनिक शक्ति, राजनीतिक तथा आर्थिक दबाबजस्ता क्रियाकलाप अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने क्रममा अब प्रभावहीन भइसकेका छन्। अहिले आकर्षण, विश्वसनीयता तथा कार्य सम्पादन बढी उपयोगी मानिएका छन्। यसलाई अहिले नरम शक्तिका रूपमा लिइएको पाइन्छ। त्यसकारण अहिले विभिन्न देशले विज्ञान तथा प्रविधिलाई दौत्य सम्बन्धको विकासका लागि उपयोग गरेको पाइन्छ। राजनीतिक सम्बन्ध राम्रो नभए पनि विज्ञान कूटनीति क्रियाशील हुुन सक्छ। भारतका वैज्ञानिक दोराइराजन सुुव्रमनियम र पाकिस्तानका वैज्ञानिक अनवर नसिम विश्व विज्ञान प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुुन्। सुुव्रमनियमको आवासमा उनीहरूको चिया खाने तथा कविता वाचन गर्ने क्रममा भेट भयो, तर यसले अभिरुचिपूर्ण मोड लियो। पाकिस्तानमा हेपेटाइटिस बीबाट धेरैको निधन हुुने गरेको थियो र सुुव्रमनियमले यसको खोपको विकास गरेका थिए। शान्तिका लागि खोप नामक अभियानले मूर्तरूप लियो र विभिन्न मानिसलाई यसले फाइदा पुुर्याएको थियो। यसले दुुई देशबीचको कटु सम्बन्धलाई सीमान्त रूपमा भए पनि सहज बनाएको थियो।
जैविक विविधतालाई प्रयोग गरेर हामी विदेशी वैज्ञानिकलाई आकर्षण गर्न सक्छौं।
सन् २००९ मा बेलायतमा भएको बैठकले विज्ञान कूटनीतिलाई तीन भागमा विभाजन गरिएको पाइन्छ। पहिलो हो– कूटनीतिमा विज्ञान जसमा विदेशी नीतिलाई विज्ञानको प्रयोग गरेर जानकारी दिने र सहयोग गर्ने काम गरिन्छ। जलावायु परिवर्तनको उदाहरण लिने हो भने यसअन्तर्गत जलावायुु परिवर्तनका लागि भएका विभिन्न समझदारीलाई अनुुगमन गर्न लिइएको वैज्ञानिक मापनलाई लिन सकिन्छ। दोस्रो हो– विज्ञानका लागि कूटनीति र यसमा वैज्ञानिक सहकार्यका लागि सहजीकरण गरिएको हुुन्छ। यसमातहत जलावायुुका लागि अन्तरसरकारी समूहको गठन तथा यससित सम्बन्धित प्रक्रियालाई लिन सकिन्छ। तेस्रो हो– कूटनीतिका लागि विज्ञान जसमा दुुई देशबीचको सम्बन्धलाई सबल बनाउने कोसिस गरिएको हुुन्छ। यसअन्तर्गत जलवायुु परिवर्तनको समझदारीका लागि गरिएको अन्तर्राष्ट्रिय सहकार्य र यसपछि भएको अन्तर्राष्ट्रिय सम्झौतालाई लिन सकिन्छ। यसरी जलवायुु परिवर्तनजस्तो जटिल समस्यालाई विज्ञान कूटनीतिले सहजताका साथ सम्बोधन गर्न सकेको स्पष्टता साथ देख्न सकिन्छ।
विज्ञान कूटनीतिको अभ्यास पहिले बेलायतले गरेको हो। सन् १९४६ मा नै यसले संयुुक्त राज्य अमेरिकाको वासिङ्टनमा वैज्ञानिक कूटनीतिज्ञको उपस्थिति गराएको थियो। विज्ञान कूटनीतिलाई अहिले फ्रान्स, अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, जर्मनी तथा जापानले प्राथमिकतामा राखेका छन्। विशेष गरेर फ्रान्सको त २६ देशका दूतावासमा विज्ञानसम्बन्धी दूतहरूलाई परिचालन गरेको छ। यी देशले विज्ञान कूटनीतिलाई सक्रियताका साथ परिचालन गरेको पाइन्छ तर उनीहरूका तौेरतरिका फरकफरक भएको पनि देखिएको छ। अमेरिका र बेलायतले राजनीतिक प्रभावको प्रयोग गरेको पाइन्छ भने अन्य देशले अनुुसन्धानको बजारमा पहुुँच बढाएर आफ्ना वस्तुुहरूको प्रवद्र्धन गरेको पाइन्छ।
अब नेपालले कुुन विधि प्रयोग गर्ने हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। विज्ञान कूटनीतिको एउटा मात्र विधि नभएको माथि उल्लिखित ६ वटा देशको क्रियाकलापबाट थाहा हुुन्छ। जैविक विविधतालाई प्रयोग गरेर हामी विदेशी वैज्ञानिकलाई आकर्षण गर्न सक्छौं। नेपाल प्रवेशपछि नेपालको प्राकृतिक दृश्यले उनीहरूलाई झन् नेपालप्रति आबद्ध गराउन सक्छ।
विज्ञान कूटनीतिको आरम्भ वैज्ञानिकहरूलाई दूतावासमा विज्ञान संयोजकका रूपमा स्थापना गरेर हुुन्छ। योभन्दा पहिले गणेश शाह विज्ञान तथा प्रविधिमन्त्री हुुँदा भएको एक दक्षिणपश्चिम एसियाको विज्ञानमन्त्रीको बैठकमा भारत तथा चीनजस्ता महत्वपूर्ण देशमा यस्तो व्यवस्था गर्ने सहमति पनि भएको थियो तर यसले अझसम्म पनि मूर्तरूप लिन सकेको छैन। विज्ञान कूटनीतिलाई साना देशहरूले झन् प्रभावकारी रूपमा सम्पादन गर्न सक्छन्। यसको उदाहरणका रूपमा न्युुजिल्यान्ड, लक्जेम्बर्ग तथा सिंगापुरलाई लिन सकिन्छ। विज्ञान कूटनीति प्रयोग गरेर न्युुजिल्यान्डले आणविक शक्ति तथा हतियारलाई प्रतिबन्ध लगाएर अमेरिकाजस्तो शक्तिशाली देशसित पनि अडान लिन सफल भएको थियो।
नेपाललाई चाँडै समृद्ध देशका रूपमा रूपान्तर गर्ने भन्ने शासक तथा विरोधी दल दुुवैको राष्ट्रिय अठोट अगाडि बढेको वर्तमान अवस्थामा नेपाल सरकार र विशेष गरेर परराष्ट्र मन्त्रालयले विज्ञान कूटनीतिको पहल गर्नु अति नै आवश्यक भइसकेको छ। विगतमा नेपालले विभिन्न अवसरलाई प्रयोग गर्न नसकेर गुुमाएको थियो। उदाहरणका लागि औद्योगिक क्रान्तिलाई हामीले प्रभावकारिताका साथ उपयोग गर्न सकेनौं र यो हाम्रो पछौटेपनको एक कारकका रूपमा स्थापित भएको छ। सूचना प्रविधिलाई पनि हामीले प्रभावकारिताका साथ सदुुपयोग गर्न सकेनौं। विज्ञान कूटनीतिलाई उपयोग गरिएन भने अर्काे अवसर पनि गुुम्ने सम्भावना हुुन सक्छ।
—पोखरेल नास्टका उपकुलपति हुन्।