गाउँपालिकाको बजेटबाट अध्यक्षका बुवाको सालिक

गाउँपालिकाको बजेटबाट अध्यक्षका बुवाको सालिक

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले बुवाको सालिक बनाउन सरकारी बजेट खर्च गरेका छन्।

अध्यक्ष यादवले थलाही टोलमा बुवा भोला यादवको सालिक निर्माणका लागि गाउँपालिकाको बजेटबाट २७ लाखको योजना बनाएर रकम खर्च गरेका हुन्। भारतीय सीमाबाट करिब डेढ सय मिटर दूरीमा पर्ने थलाही टोलको मुख्य चोकमै यादवका बुवाको सालिक राख्न भौतिक संरचना निर्माण धमाधम भइरहेको छ।

पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनेका भोलाको ०५९ सालमा गोली प्रहार गरी गाउँमै हत्या भएको थियो। उनको हत्यासम्बन्धी मुद्दा हालसम्म अदालतमा विचाराधीन छ। एमालेबाट स्थानीय तहमा निर्वाचित मनोजले विकास निर्माणलाई प्राथमिकता दिनुभन्दा उनै भोलाको सालिक निर्माण गराउन थालेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

‘कसैले आफ्नो बुवाको वा घरपरिवारका सदस्यको सालिक निर्माण गर्नुपर्ने भए निजी रकम खर्चिनुपर्छ’, वडासदस्य नरेश यादवले भने। सरकारी बजेटबाट सार्वजनिक थलोमा सालिक निर्माण कार्य सही नरहेको उनको भनाइ छ। उपभोक्ता भेलासमेत नगरी बहुमतको दम्भमा गाउँपालिकाका योजना छनोट गरिएको वडासदस्यको आरोप छ। सहिदगेट स्थापनाका लागि २७ लाख छुट्याइएको भनिए पनि पछि त्यसलाई परिवर्तन गरेर सार्वजनिक महŒवका व्यक्तिको सालिक निर्माणको नाम दिइएको हो।

सालिक निर्माणका लागि गठित उपभोक्ता समितिको संयोजकमा अध्यक्ष यादवका जेठा दाइ दिलीप यादव छन्। समितिका सदस्यमा पनि दुई जना अध्यक्ष यादव परिवारकै छन्। उपाध्यक्ष मीरादेवी महतोले अध्यक्ष यादवका बुवा समाजसेवी भएकाले उनको सालिक निर्माण सबैको सहमतिमा भइरहेको दाबी गरिन्। भनिन्, ‘उनको योगदानको कदरस्वरूप सालिक बनाउन लागिएको हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.