दस किलो रक्तचन्दसहित एक पक्राउ
बर्दिबास : १० किलो रक्तचन्दनसहित एक व्यक्ति पक्राउ परेका छन्। महोत्तरी प्रहरीले रक्तचन्दनसहित धनुषा जनकपुर उपमहानगरपालिका ३ का ५१ वर्षीय रामपृत साहलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी राजश्व गुल्मका प्रहरी नायब उपरीक्षक दिनेश मल्लका अनुसार प्रहरीले उनलाई जलेश्वर नगरपालिका ३ स्थित मलिवार गाउँबाट पक्राउ गरेको हो।
भारतबाट रक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका साहलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वको टोलीले पक्राउ गरेको हो। रक्तचन्दसहित पक्राउ परेको साहलाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।