बर्षाले बेहाल राजधानी सहर जनकपुर

बर्षाले बेहाल राजधानी सहर जनकपुर

जनकपुरधामः  लगातारको वर्षाले प्रदेश २ को राजधानी जनकपुर जलमग्न भएको छ । अत्याधिक वर्षापछि नगरका  अधिकांश सडक जलमग्न र हिलाम्य भएका छन् ।

सडक र ढल निर्माणको क्रममा रहेको प्रमुख बजार जनक चोक-भानु चोक, जानकी मन्दिर–जनक चोक, जानकी मन्दिर–महावीर चोकसहितको सडक खण्ड हिलाम्य भएपछि हिँडडुल गर्न समेत सर्वसाधारणलाई सास्ती भएको छ । वर्षा आउने थाहा हुँदा हुँदै पनि मुख्य सडकहरु निर्माणका लागि भन्दै खनिएपछि अहिले ठूलो समस्या भएको छ । 

वर्षाका कारण उपमहानगरपालिकाको वडा नम्बर १, २, ४, १०,१३, लगायतका स्थानमा सडकहरु जलमग्न भएका छन् । यता, वर्षाबाट आउने बाढीको कारण धनुषाको धनुषाका एक दर्जन भन्दा बढी गाउँ डुबानको जोखिममा रहेको छ । वर्षाका कारण पूर्वी धनुषाका अधिकांश गाउँ बाढीको जोखिममा परेको हो । 

लगातारको वर्षाले धनुषाको सखुवा मडान, सुन्दरपुर, दुब्बरकोट हथलेटवा, सिंग्याही मडान, पतनुखा, बलहा सघारा, कठाल लगायतका गाउँहरु बाढीको जोखिममा परेको छ । कमला छेउमा रहेका यी गाउँहरु हरेक वर्ष बर्खा मौसममा बाढी र डुबानका कारण प्रभावित हुँदै आएको छ ।

निरन्तर भइरहेको वर्षाले ती गाउँहरु जलमग्न भइसकेको छ भने सदरमुकाम जनकपुरसँग यातायातको साधन समेत सम्पर्क विहीन अवस्थामा छ । जीर्ण रहेका त्यस भेगका सडकहरुमा वर्षाका कारण यातायातका साधन गुड्न नसकेपछि सदरमुकामबाट सम्पर्क विहीन हुने अवस्था उत्पन्न भएको स्थानीयहरु बताउँछन् । 

पूर्वी धनुषाका स्थानीयहरु हरेक वर्ष बर्खामा बाढीको समस्या झेल्दै आएपनि सरोकारबला निकायले बाढीबाट जोगिन पूर्व तयारीतर्फ ध्यान दिन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.