नारायणीमा पानीको बहाव बढ्दो

नारायणीमा पानीको बहाव बढ्दो

परासी : नारायणी नदी (गण्डक) को सतह (बहाव) बढ्दै गएपछि पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। आइतबार रातिदेखि परेको पानीका कारण नदीको सतह क्रमशः बढ्दै गएपछि कुनै पनि बखत क्षति पुग्न सक्ने भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए। 

सोमबार बिहान नदीको सतह ३.३ मिटर थियो। दिउँसोसम्म ३.६ पुगेको छ। नारायणी नदीको सतह ३.७ पुगेपछि खतराको सूचक मानिन्छ भने ३.८ पुगेपछि उच्च खतराको रुपमा मानिन्छ। वर्षासँगै सतह बढिरहेकाले कुनै पनि समय पानी बस्तीमा पस्ने र त्यसले क्षति पुर्‍याउन सक्ने भन्दै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई आवश्यक सामाग्रीसहित तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

महेशपुर- परासी सडकमा पानीको सतह बढेपछि यात्रुलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्दै शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरपुरका सुरक्षाकर्मी। तस्बिर : हरि शर्मा

नारायणी नदीका कारण प्रतापपुर र सुस्ता गाउँपालिकाका पूर्णरुपमा प्रभावित बन्ने गरेको छ भने प्रतापपुर गाउँपालिकाका केही बस्तीहरु जोखिममा पर्ने गरेका छन्।प्रभावित समुदायलाई तत्काल राहतका लागि सरकारी निकाय र रेडक्रससहित अन्य सहयोगी संस्थामार्फत् खाद्यन्न तथा अन्य सामाग्रीको व्यवस्था गरिएको छ भने पुनस्र्थापनाका लागि विद्यालय र सामुदायिक भवनहरुलाई व्यवस्थित बनाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

यसैबीच वर्षाका कारण राजमार्ग र सहायक मार्गहरु अवरुद्ध बनेका छन्। स्थानीय खोला तथा कुलोहरुमा आएको पानीका कारण सडकभन्दा माथि पानीको सतह बढ्न गएको छ। जसका कारण सवारीसाधन सञ्चालनमा अवरोध आएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले यात्रुलाई तारेर गन्तव्यमा पुर्‍याउन सहयोग गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.