बाढीले बगायो चारजना विद्यार्थी, एकको मृत्यु, एक बेपत्ता, दुईको उद्धार

बाढीले बगायो चारजना विद्यार्थी, एकको मृत्यु, एक बेपत्ता, दुईको उद्धार

वीरगन्जः आइतवार रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् । दईजनाको उद्धार गरिएको छ । 

पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले सोमबार बिहान चारजन विद्यार्थीलाई बगाएको थियो । जसमा एकजनाको मृत्यु भएको छभने अर्का एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको हो । बगाएका पर्सागढी–८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था अज्ञात छ । 

त्यसैगरी बाढिले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र १५ वर्षीय सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये घाइते संगीतालाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उद्धार गरिएका  सुमनको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापाले 

बताए ।  
पर्सागढी नगरपालिका–४ बर्वाछटौलीमा रहेको नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा सोमबार बिहान परीक्षा दिएर घर फर्कँदै गरेका उनीहरुलाई पन्थी खोलाको बाढीले बगाएको थियो । विद्यालयबाट एकैसाथ घर फर्किरहेका चार विद्यार्थीलाई बाढीले बगाएपछि माछा मारिरहेका स्थानीयले उद्धार गरेको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले बताए । बेपत्ता सुरेन्द्रको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक  थापाले जानकारी दिए । 

सदरमुकाम वीरगन्जबाट पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल र प्रहरी उपरिक्षक रेवती ढकालसहितको टोली घटनास्थलतर्फ गएको थियो । तर ठाँउ ठाँउमा आएको बाढीले घटनास्थलसम्म उक्त टोली पुग्न नसकेर बाटोमै रोकिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.