जनकपुर अञ्चल अस्पताल क्षेत्रमा पानी जम्दा बिरामीलाई सास्ती

जनकपुर अञ्चल अस्पताल क्षेत्रमा पानी जम्दा बिरामीलाई सास्ती

जनकपुरधाम : पानीको निकास नहुँदा जनकपुर अञ्चल अस्पताल क्षेत्रमा पानी जमेको छ। अस्पताल परिसरमा पानी जम्दा बिरामी र कुरुवालाई सास्ती भएको छ।

प्रदेश २ का आठ जिल्ला मध्ये धनुषा, महोत्तरी, सिरहासहित सीमावर्ती  विहार राज्यका विभिन्न ग्रामीण भेगबाट दिनहुँ उपचारका लागि सयौंको संख्यामा बिरामी अस्पताल आउने गरेका छन्। अस्पताल परिसरमा जमेको फोहोर पानीका कारण बिरामी र कुरुवालाई सास्ती भएको हो।

अस्पतालको अन्तरंग विभाग अगाडि सबैभन्दा बढी पानी जमेको हुनाले सिकिस्त बिरामी, प्रसूति गराउन आएका महिला तथा बालबालिकालाई सबैभन्दा बढी सास्ती भएको छ। उनीहरु फोहोर पानी टेकेर आवतजावत गर्न बाध्य छन्। 

पानी अस्पताल परिसरमै जम्मा हुँदा निकै अप्ठ्यारो भएको बिरामीका कुरुवा मनोज साहले बताए। ‘औषधि किन्न वा कुनै सर सामान लिन पटक–पटक फोहोर पानी भएर नै आउनु जानु परेको छ’, उनले भने, ‘बिरामीको रेखदेख गर्न बस्दा आफैं बिरामी परिएला भन्ने तनाव छ।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.