भत्किएका संरचना नबन्दै अर्काे बाढी

भत्किएका संरचना नबन्दै अर्काे बाढी

तुलसीपुर : दाङमा साउनमा आएको बाढीले भत्काएका संरचनाहरू नबन्दै यो वर्ष बाढी आएको छ । अर्काे वर्षा सुरु भइसक्दासम्म अघिल्लो वर्ष बाढीले भत्काएका सडक निर्माण नहुँदा सवारी आवागमनमा समस्या हँुदै आएको छ ।

तुलसीपुर–घोराही सडकखण्डको राजापुरमा पूरै सडक बगाउँदा तीन दिन खडकखण्डको यातायात अवरुद्ध भएको थियो । अस्थायी रूपमा डाइभर्सन बनाएर गाडी सञ्चालन गरियो । त्यो गरेको पनि एक वर्ष पूरा भयो । तर, अहिलेसम्म त्यसको स्थायी पुनःनिर्माण भएको छैन । त्यो डाइभर्सनले अहिले पनि जोखिम बढाइरहेको छ । राप्ती राजमार्गमा पहिरोका कारण धेरै क्षति भयो । पहिरो पन्छाएर एउटा गाडी वारपार हुने ठाउँ बनाइयो तर सडक अहिलेसम्म पनि पूरै सञ्चालनमा आउन सकेको छैन । दाङ सुर्खेत सडकमा पर्ने खोलाले सडकलाई क्षति पु¥याउँदा अस्थायी रूपमा सडक सञ्चालन गरियो । ती सडक पनि पुनःनिर्माण हुन सकेको छैन ।

विगतमा क्षतिको पुनःनिर्माण र बाढी रोक्ने तयारी नहुँदा यस वर्ष पनि उस्तै नियतिको जोखिम बढेको छ । ०७४ सालको बाढी र पहिरोले जिल्लाका तीन वटा ठूला राजमार्ग र केही सहायक राजमार्गमा ठूलो क्षति पु¥याएको थियो । बाढीका कारण क्षति भएका सडको पुनःनिर्माणमा ४४ करोड रुपैयाँ आवश्यक पर्ने भए पनि मन्त्रालयले रकम उपलब्ध नगराउँदा पुनःनिर्माण गर्न नसकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक, तुलसीपुर लमही सडकमा बढी क्षति भएको र त्यसको तत्काल मर्मतबाहेक फेरि पूर्ण निर्माण हुन नसकेको शर्माले जानकारी दिए । उनले सबै क्षति भएको क्षेत्रको आवश्यक अनुगमन गरी मर्मतका लागि स्टिमेट तयार पारेर विभागमा तत्काल पठाइएको भए पनि निर्माणको अनुमति र रकम नआउँदा, जस्तो छ त्यस्तै अवस्थामा राखिएको बताए । ‘साउन २८ मा बाढी पहिरोले क्षति गरेलगत्तै भदौ २ मा पुनःनिर्माणका लागि रकम माग गरेका थियौं, त्यसपछि पनि पटकपटक त्यसमा ताकेता र चासो बढायाँै’, शर्माले भने, ‘तर अर्काे वर्षा सुरु भइसक्यो प्रभावित संरचना पूरा गर्न सकेनौं ।’

बाढीले क्षति पु¥याएका सडकमा अहिलेसम्म अस्थायी रूपमा बनाइएको संरचनाबाट सवारी साधनहरू सञ्चालन भइरहेका छन् । आपतकालीन कार्य गरेको रकमसमेत अहिलेसम्म भुक्तानी भएको छैन । सडक बगाएको स्थानमा अस्थायी डाइभर्सन बनाएर गाडी गुडाएको र त्यसपछि रकम अभावले स्थानीय संरचना निर्माण गर्न नसकेको उनले बताए । सडकसँगै बाढीका कारण क्षति भएका अन्य संरचनाको समेत यस वर्ष मर्मत तथा पुनःनिर्माण हुन सकेको छैन । ०७४ सालको बाढीले दाङमा मात्रै २ अर्ब बढीको क्षति पु¥याएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.