जथभावी खनेर ग्रेड नमिलाइँदा अधिक दुर्घटना

जथभावी खनेर ग्रेड नमिलाइँदा अधिक दुर्घटना

ओखलढुंगा : बुधबार ओखलढुंगाको सुनकोसी गाउँपालिका–८ मा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गयो। यो घटनामा तीन जना गम्भिर घाइते भए। योसहित ओखलढुंगामा यस वर्ष नौ वटा दुर्घटनामा १२ जनाको ज्यान गइसकेको छ भने १८ जना घाइते तथा अंगभंग भएका छन्।

प्रहरीका अनुसार अधिकांशमा गाडीमध्ये जिप दुर्घटनामा परेका छन्। ग्रामीण भेगमा प्राविधिकको निगरानीबिनै खनिएका, ग्रेड नमिलेका साँघुरा सडकमा क्षमताभन्दा बढी यात्रु राखेर चलाउँदा दुर्घटनाको जोखिम बढेको हो।

यस्तै, सोलुखुम्बुको तिङ्लाको महादेवभिरमा यही असार १५ गते जिप दुर्घटना भयो। जिपमा सवार सातै जनाको मृत्यु भयो। साँघुरो र ग्रेड नमिलेको उकालो भिरका कारण मोड बनाइएकाले उकालोमा चिप्लिएर जिप खसेको स्थानीयको भनाइ छ। सडक खन्ने ठाउँमा मन्दिर रहेकाले मन्दिर जोगाउन सडक घुमाइएको र अप्ठेरो भिरमा मोड र उकालो रहेकाले सधैं जोखिम रहेको कार्कीले बताए।

दुर्घटनाका कारण यकिन नभए पनि सडक साँघुरो भएका कारण हुन सक्ने प्रहरीको आकलन छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले सडक अप्ठेरो भएकैले दुर्घटना भएको हुन सक्ने जनाए। सोलुखुम्बुमा वर्ष भएका तीन वटा दुर्घटनामा नौ जनाको ज्यान गएको तथ्यांक छ। त्यसमा अधिकांश दुर्घटना अप्ठेरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने र ढुवानीका साधनमा यात्रु बोक्ने गर्दा हुने गरेको प्रहरीले जनाएको छ।

ओखलढुंगाका सबै स्थानीय तह र वडासम्म जाने सडक दुई वर्षयता खनिएका हुन्। ती सडक उपभोक्ता समिति र डोजर चालकका अनुमानमा खनिएका छन्। सडक खनेपछि मात्रै बिल निकाल्न प्राविधिकलाई सडकमा खटाइन्छ। यही कारणले ग्रामीण सडक अति साँघुरा र ग्रेड नमिलेका भिराला छन्। तिनै सडकमा चल्ने सवारी धेरै दुर्घटनामा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए। भने, ‘विकासका लागि जथाभावी खनिएका कच्ची सडक दुर्घटनाका मुख्य कारण बन्ने गरेका छन्।’

०७५ जेठमा ओखलढुंगाकै मोलुङ गाउँपालिका–२ मा पनि जिप दुर्घटना भयो। मोडमा चिप्लो र उकालो सडक भएकाले जिप भिरमुनि खसेको थियो। त्यहाँ ३ जनाको ज्यान गएको थियो। ‘अधिकांश सडक सडकजस्ता छैनन् यसले दुर्घटना बढाइरहेको छ’, ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा. भेषनाथ खनाल भन्छन्, ‘ग्रामीण सडक यात्रुका काल बनिरहेका छन्।’

समृद्धिका नाउँमा खनिएका मापदण्डविपरीत कच्ची सडकले दुर्गम गाउँका नागरिकको ज्यान लिँदै आएको छ।

समृद्धिका नाउँमा खनिएका मापदण्डविपरीत कच्ची सडकले दुर्गम गाउँका नागरिकको ज्यान लिँदै आएको छ। स्थानीयको माग सडकमै मात्र रहेको स्थानीय तहका प्रमुखहरूको भनाइ छ। छिटो काम देखिने भएकाले विकास निर्माणको काममध्ये सडक जनप्रतिनिधिको रोजाइमा समेत पर्ने गरेको छ। ढुवानीका लागि प्रयोग हुनुपर्ने ट्र्याक्टर ग्रामीण भेगका कच्ची अप्ठेरा सडकमा यात्रु बोक्नाले पनि दुर्घटना बढ्दै गएको छ।

जिप दुर्घटनामा दुईको मृत्यु

सुनकोसी गाउँपालिका– ८ मा भएको जिप दुर्घटनामा दुईको मृत्यु भएको छ। मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा१५च ८८४३ नंको जिप रोकेको ठाउँबाट चिप्लिएर भिरबाट खसेको हो। उक्त जिपमा यात्रु चढ्न खोज्दा चिप्लिएर १ सय ५० मिटर तल खसेको स्थानीयले बताए। बिहान ८ बजेट दुर्घटनामा परी सुनकोसी गाउँपालिका–८ का ३० वर्षीया ललीमाया थापा मगर र अन्दाजी ५० वर्षका डिल्लीबहादुर दर्जीको मृत्यु भएको हो।

मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ। जिपमा सवार तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा छविलाल दर्जी, फूलमाया दर्जी र दिलकुमारी दर्जी छन्। दिलकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका लागि पठाइएको सुनकोसी गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले बताए।

घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.