अस्पतालमा पानी जम्दा बिरामीलाई सास्ती

अस्पतालमा पानी जम्दा बिरामीलाई सास्ती

जनकपुरधाम : वर्षाको पानी निकास नभएर जनकपुर अञ्चल अस्पताल परिसरमै थन्किँदा बिरामी र कुरुवालाई निकै सास्ती भएको छ।

प्रदेश २ का आठ जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहासहित सीमावर्ती विहार राज्यका विभिन्न ग्रामीण भेगबाट दिनहुँ उपचारका लागि सयौंको संख्यामा आउने बिरामी र तिनका कुरुवालाई अस्पताल परिसरमा जमेको फोहोर वर्षाको पानी भएरै ओहोरदोहोर गर्नुपर्ने बाध्यता भएको छ।

अस्पतालको अन्तरंग विभाग अगाडि नै सबैभन्दा बढी पानी जमेको हुनाले सिकिस्त बिरामी, प्रसूति गराउन आएका महिला तथा बालबालिका फोहोर पानी भएरै हिँड्न बाध्य छन्। अस्पतालको चारैतिर रहेका नाला भरिएर पानीसमेत अस्पताल परिसरमै जम्मा भएको हुनाले निकै अप्ठ्यारो भएको बिरामीका कुरुवा मनोज साहले बताए। साहले भने, औषधि किन्न वा कुनै सर सामान लिन पटक पटक फोहोर पानी भएरै हिँड्नुपरेको छ, बिरामीको उपचारको साटो आफैं रुघा लागेर बिरामी हुने अवस्था आइसक्यो।’

पानी निकासका लागि अस्पताल प्रसाशन वा जनकपुर उपमहानगरपालिका तर्फबाट कुनै प्रयास भएको छैन। यता, दुई दिनकै वर्षामा हिलाम्य भएको प्रदेश २ को राजधानी जनकपुरमा युवाहरूले सडकमै धान रोपेर विरोध जनाएका छन्। नेविसंघ आवद्ध युवाहरूले जनकपुरका नगरप्रमुख लालकिशोर साहको विरोध गर्दै सडकमै धान रोपेका हुन्। युवाहरूले बुधबार स्थानीय शिव चोकमा धान रोपी नगर प्रमुख साहमाथि व्यंग्यात्मक विरोध गरेका हुन्।

एकीकृत सहरी विकास आयोजनाअन्तर्गत नगरक्षेत्रमा भइरहेको सडक निर्माण कार्यमा भएको सुस्त गतिले नगरका प्रमुख सडकहरू नै हिलाम्य भएका छन्। नगरका अधिकांश सडक सामान्य वर्षामा समेत हिलाम्य हुने गरे पनि उपमहानगर प्रमुख साहले समाधानतर्फ चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराउन आफूहरूले सडकमै धान रोपेको नेविसंघ धनुषाका सभापति सुजितकुमार झाले बताए। दुई दिनको वर्षामा जनकपुर नगर क्षेत्र हिलाम्य हुनुका साथै घरघरमा पानी छिरेको छ तर नगरप्रमुखले यस्ता समास्या समाधान गर्नतर्फ ध्यान दिएका छैनन्’, झाले भने।

नगर प्रमुखले विकासको चर्को नारा दिए पनि नगरबासीले भने अनुभूति गर्न नसकेको भन्दै यथाशीघ्र समस्या समाधान नगरिए कडा आन्दोलनमा जाने नेविसंघले चेतावनीसमेत दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.