मोटरसाइकल दुर्घटनामा चिकित्सकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चिकित्सकको मृत्यु

महोत्तरी : पूर्वपश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास नगरपालिका –५  मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ ।

बर्दिबासबाट चितवनतर्फ जादै गरेको बा ४ प ६७५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चितवन मेडिकल कलेजका चिकित्सक धनुषा जनकपुर नगरपालिका –१५ का २४ वर्षीय रोशनकुमार साहको मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवाररत साहको जनसेवा अस्पताल बर्दिबास ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक रामप्रसाद कुर्मीले जानकारी दिए ।

सोही दुर्घटनामा मोटरसाइकलमा सवाररत धनुषा शहिदनगर नगरपालिका – ८ का २७ वर्षीय सन्तोषकुमार महतो गम्भीर घाइते भएका छन् । घाइते महतोको शुभस्वतिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर रेफर गरिएको प्रहरी निरीक्षक कुर्मीले बताए । घाइते महतो पनि चितवन मेडिकल कलेजका चिकित्सक हुन् ।      
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.