गाउँपालिकाको विकास बजेटले वडाध्यक्षका बुवाको नाममा गेट

गाउँपालिकाको विकास बजेटले वडाध्यक्षका बुवाको नाममा गेट

जनकपुरधामः गाउँपालिकाको बजेटबाट अध्यक्षले आफ्ना बुवाको शालिक निर्माण योजना ल्याएपछि वडाअध्यक्षले पनि बाबुको नाममा गेट निर्माण थालेका छन् । गाउँपालिकाको विकासमा आएको बजेटबाट मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का वडाअध्यक्ष नरेश यादवले आफ्ना बुवा राजेन्द्र यादवको नाउँमा मुसहरनिया पुरबारी टोलस्थित चोकमा मिलनद्वार बनाउन लागेका हुन् । 

गाउँपालिकाको बजेटमा ८ लाखको योजना स्वीकृत गराई अध्यक्ष यादवले आफ्ना बुवा राजेन्द्र यादव र पूर्वगाविस अध्यक्ष स्वर्गीय सुशिल यादवको नाउँमा ‘सुशील–राजेन्द्र मिलनद्वार’ निर्माण गर्न थालेका हुन् । वडा अध्यक्षका बुवा गाउँमै कृषक छन् । 

विकासमा पछि परेको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सडक, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा योजना बनाएर बजेट नछुट्याई जनप्रतिनिधिले निजी प्रयोजनमा बजेट खर्च गर्न थालेका हुन् । गाउँको बजेट आफ्ना बाबुको नाममा खर्चिन थाल्नु निन्दनीय भएको गाउँपालिका अध्यक्ष पदमा पराजित सुशील यादव बताउँछन् ।

 ‘गाउँपालिकाबाट स्वीकृत भएको यस्तो औचित्यहीन योजनाविरुद्ध गाउँलेले गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छौं’, उनले भने, ‘यस्तो योजनाले विकास बजेट दुरुपयोग मात्र हुने भएकोले यसलाई तत्काल रोक्न माग गरेका छौँ । तर कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा धमाधम काम भइरहेको छ ।’
 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले यो योजनामाथि निवेदन परेको स्वीकारे । उनले भने, ‘गाउँलेबाट मिलनद्वार निर्माणको योजना व्यक्तिगतरुपमा ल्याइएको भन्दै विरोध भएको छ । तर, जनप्रतिनिधिहरुको स्वीकृतिमा ल्याइएकाले काम भइरहेको छ ।’ 

यता, वडा अध्यक्ष यादव समाजमा मेलमिलाप बढाउन मिलनद्वार बनाउन लागेको बताउँछन् । ‘केही भावनात्मक कुराहरु पनि हुन्छन् । सडक मात्रै बनाएर गाउँमा परिवर्तन आउन सक्दैन’, उनले भने, ‘त्यसैले जनतामा रहेको घृणा र विरोधलाई सकारात्मक परिवर्तन ल्याउन पूर्वगाविस अध्यक्ष र आप्ना बुवाको नाममा मिलनद्वार बनाउन लागेको छु ।’ 

त्यही गाउँपालिका ५ नम्बर वाडमा अध्यक्ष मनोज यादवले आफ्ना बुवा भोला यादवको नाममा शालिक निर्माण गराइराखेका छन् । शालिक निर्माणका लागि गाउँपालिकाको २७ लाख रुपैंया खर्च गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.