पानी भरिएको कोठामा बसेर पढ्छन् नानीबाबु

पानी भरिएको कोठामा बसेर पढ्छन् नानीबाबु

बर्दिबासः बर्दिवास नगरपालिका– ९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यायालय पशुपतिनाथ बनरझुल्लाका बालबालिकाहरु बर्षाको पानीले भरिएका कक्षा कोठामा पढ्न बाध्य छन् । गत बैशाख २५ गते रातिको हुरीले विद्यालयको ३ वटा कोठाको छानो उडाएपछि बालबालिकालाई पढ्न समस्या भएको हो । 

बर्दिवास नगरपलिका कार्यालयले तीनमध्ये २ वटा कक्षा कोठाको छानो २ लाख १४ हजार ४ सय रुपैंया खर्च गरेर मर्मतसम्भार गरेको थियो । तर, शिशु पढ्ने कक्षा कोठाको हावाहुरीले उडाएको भवनको छानो छाइएको छैन । शिशु कक्षाका  ५० बालबालिकाहरु दुई महिनादेखि घाम–पानीमा खुला अकासमुनि पढ्न बाध्य छन् ।

बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले छानोमा समान्य क्षति भएको विद्यालयलाई छानो छाउने निर्देशन दिएको बताए । तर प्रधानाध्यापक तेजिलाल महतोले शिशु कक्षाको उडाएको छानो मर्मत गर्न बजेट नभएको बताए । छानो छाउन पटक पटक नगरपालिकालाई जानकारी गराएको बताउँदै उनले भने, ‘मेयरले मर्मत गराइदिने आश्वासन दिएर पनि काम भएको छैन ।’

घाम र थोरै पानी परे पनि बच्चाहरुलाई पढाउन समस्या हुने गरेको शिक्षिक सुमिन्त्रा देवीले बताइन् । उनले भनिन्, ‘सुरक्षित कक्षा कोठा नै छैन । पढाउन निकै समस्या छ, पानी परेपछि किताब र कपी भिज्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.