विज्ञापनमा विश्वास गर्दा महिला स्वास्थ्य प्रभावित

विज्ञापनमा विश्वास गर्दा महिला स्वास्थ्य प्रभावित

काठमाडौं : टेलिभिजन र अखबारलगायतमा आउने विज्ञापन पत्याएर प्रयोग गर्ने विभिन्न अनेकौं सामग्रीले महिलाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा. मिरा हाडाले बताएकी छन्।

क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले आइतबार बल्खुस्थित वयोधा अस्पतालमा आयोजित कार्यक्रममा डा.हाडाले यस्ता सामग्री स्वास्थ्यजनक भन्दा पनि हानिकारक भएकाले यस्ता सामग्रीका पछि नलाग्न सुझाव दिएकी छन्। उनले गर्भावस्थामा महिलामा देखा पर्ने विभिन्न रोगका कारण शल्यक्रियाबाट प्रसूति गराउने महिलाको संख्या पनि बढेको बताइन्। उनका अनुसार हाल करिब ४७ प्रतिशत महिलाको शल्यक्रियाबाट प्रसूति हुने गरेको छ।

झन्डै तीन दशकभन्दा बढी समय स्त्री तथा प्रसूति सेवामा समर्पित डा.हाडाका अनुसार पहिले अज्ञानतावश महिला स्वास्थ्यमा समस्या हुने गरेको तर हिजोआज महिला शिक्षित र सचेत भएकाले समस्या घट्दै गएको छ। उनले कुनै पनि महिलाले गर्भाधान गर्नुअघि चिकित्सकको सल्लाह लिए गर्भावस्था र प्रसूतिसम्बन्धी धेरै समस्याबाट जोगिन सकिने जानकारी दिइन्।

कानुनी मान्यता पाएपछि अत्यधिक बढेको गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या बढ्दै गएको उनले बताइन्। गर्भपतनलाई प्रोत्साहन गर्नुभन्दा परिवार नियोजनमा जोड दिनुपर्ने उनको सुझाव छ। आफूले अहिलेसम्म कुनै पनि महिलाको गर्भपतन नगराएको र नगर्न परामर्श दिँदा कति आफूकहाँ आउनै छाडेका पनि उनले बताइन्। गर्भपतन नगरी फिर्ता पठाएका कतिपय महिलासँग अहिले भेट हुँदा तिनै सन्तानले आफूलाई पालिरहेको उनीहरूले बताउँदा धेरै खुसी लाग्ने पनि उनले सुनाइन्।

हिजोआज विवाहअघि गर्भपतन गराउनेको संख्या बढ्दै गएको वयोधाका मानव संशाधन विभाग प्रमुख निरज उपाध्यायले बताए। यस्ता कामले समाजमा विकराल समस्या उत्पन्न गराउन सक्ने भएकाले यसबारे सन्तानलाई परामर्श दिने काम आमाकै हो भनेर पत्रकार महिलाले सचेत गराउनुपर्ने उनले बताए। डा.हाडाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार महिलाको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.