मुस्ताङमा टिपर दुर्घटनामा मृतकका परिवारलाई ५ लाख
दाङः मुस्ताङमा गत शुक्रबार टिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरका परिवारलाई सरकारले जनही पाँच लाख रुपैयाँ राहत दिने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाको सोमवारको बैठकमा दुर्घटनाबारेमा जानकारी दिँदै मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले राहात दिने जानकारी गराएको दाङ क्षत्र नं १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
मुस्ताङ दुर्घटनामा २० जना श्रमिकको मृत्यु भएको थियो । दुर्घटनामा दाङका ६ जनाको ज्यान गएको छ । राप्ती गाउँपालिकाका गुरुदत्त थापा, शान्ति थापा, सुबेर चौधरी, कविता घर्ती र राजपुर गााउँपालिकाका बालकुमार घर्ती र कमल बुढाको मृत्यु भएको थियो । त्यसैगरी रोल्पाका एकै घरका ६ जनासहित ११ जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचार
- मुस्ताङमा राजा थोकरचेनले शासन गरेको किल्ला
- अपडेटः मुस्ताङमा टिपर दुर्घटना, मृतकको संख्या १५ पुग्यो
- मुस्ताङमा टिपर दुर्घटनाः हेलिकोप्टर कुर्दाकुर्दै पाँच घाइतेको ज्यान गयो
- मुस्ताङमा टिपर दुर्घटना : मृतकको संख्या १९ पुग्यो
- टिपर खस्दा १९ मजदुरको मृत्यु
- दुर्घटनामा एकै घरका छसहित ११ जनाको मृत्युले गाउँ नै शोकमा
- मृत्युको खबरले गाउँ शोकमा