छुट्टाछुट्टै दुर्घटनामा दुर्इको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुर्इको मृत्यु

दमक : झापाको बेग्लाबेग्लै स्थानमा सोमबार राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापा बाह्रदशी–६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको हो । कुकुर लाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित हुँदा उनी गम्भीर घाइते भएका थिए । 

राति ११ बजेको समयमा कुकुरलाई जोगाउने क्रममा लडेका राजवंशीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उपचारका लागि बिएनसी अस्पताल लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहको प्रहरीले जनाएको छ । 
त्यस्तैगरी झापा शिवसतासी–८ झिलझिलेमा मे५प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर भारत बिरपुर घर भई झापा शिवसतासी–८ झिलझिले चोकस्थित समिर ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सहनीको मृत्यु भएको छ । 

सहनीलाई राति ९ बजे बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सहनीको उपचारका क्रममा विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकलका चालक शिवसतासी–८ बस्ने रोजल गजमेरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.