फिरन्ते राउटे अब स्थायी बासिन्दा

फिरन्ते राउटे अब स्थायी बासिन्दा


दुई वर्षभित्र राउटेको एकीकृत बस्ती बनाइने
 

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेलाई अब स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेशका विभिन्न जंगलमा बस्दै आएको राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराउन लागेको हो । यससँगै अब राउटेहरू गुराँस गाउँपालिकाका स्थायी बासिन्दा बन्ने भएका हुन् ।

राउटे समुदाय जंगलमा घुमन्ते जीवन बिताउँदै आएको छ । यही क्रममा पछिल्लो समय राउटेहरू गुराँस गाउँपालिका–८ गर्चे खोला किनारमा बसिरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राउटेलाई स्थायी बासिन्दाको परिचयपत्र वितरण गर्न स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृतिपछि परिचयपत्र बाँड्ने प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । परिचयपत्र छाप्ने काम सम्पन्न भएको र केही दिनभित्र वितरण हुने गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

राउटेले हालसम्म कुनै पनि सरकारी परिचयपत्र लिएका छैनन् । नागरिकतासमेत नलिएका राउटेलाई स्थायी बासिन्दाको परिचयपत्र वितरण गरेपछि सामाजिक सुरक्षा भत्ता वितरणमा पनि सहज हुनेछ । गुराँस गाउँपालिकाका अध्यक्ष वलीले भने, ‘आजसम्म राउटेहरू जंगलमा घुमन्ते भए, अब उनीहरू स्थायी बासिन्दा हुनेछन् । हामी गुराँसका नागरिकका रूपमा राउटेलाई परिचयपत्र बाँड्दै छौं, यसले उनीहरूलाई समाजमा स्थापित गर्न सहयोग पुग्नेछ ।’ परिचयपत्रमा राउटेको नाम, थर र ठेगाना उल्लेख गरिनेछ । जसमा अब ठेगाना दैलेखको गुराँस गाउँपालिका–८ उल्लेख गरिने भएको हो । ‘राउटेहरू काम गर्न जहाँ पनि जान सक्छन्, घुम्दै नयाँ ठाउँमा पनि पुग्लान्’, अध्यक्ष वलीले भने, ‘तर उनीहरू गुराँसका नागरिक हुनेछन्, स्थायी बासिन्दा बन्नेछन् ।’

राउटेलाई समाजमा घुलमिल गराउन र शिक्षा दिन आवश्यक व्यवस्था पनि अगाडि बढाइएको छ । यसका लागि तीन जना कर्मचारी नियुक्त गरिएको छ । राउटेलाई शिक्षा प्रदान गर्न एक जना शिक्षक, स्वास्थ्योपचारका लागि अहेव र उनीहरूको निगरानीका लागि एक जना सहयोगीको पनि व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । राउटेलाई गुराँसमै रोक्न हरसम्भव प्रयास गरिने अध्यक्ष वलीले बताए । यसका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सेवा वितरण कार्यलाई प्रभावकारी बनाइने उनले बताए । अध्यक्ष वलीले भने, ‘राउटेलाई समाजमा स्थापित गराउन जरुरी छ, विस्तारै हामी उनीहरूलाई शिक्षा प्रदान गर्नेछौं । अबको दुई वर्षभित्र एकीकृत बस्ती पनि बसाल्ने हाम्रो योजना छ, यसका लागि गाउँपालिकाले आवश्यक नीतिसमेत बनाएको छ ।’

अहिले एक सय ४९ जनाको संख्यामा राउटे जंगलमा बस्दै आएका छन् । स्थायी बसोबास नहुँदा राउटेलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा पनि समस्या हुँदै आएको छ । अर्कोतर्फ फिरन्ते जीवनका कारण राउटे बालबालिका शिक्षाबाट पनि वञ्चित छन् । घुमन्ते भएकै कारण राउटेले पछिल्ला दिनमा भरपर्दो स्वास्थ्योपचार र खाद्यान्नसमेत पाउन सकेका छैनन् । परिचयपत्र वितरण भएपछि यी सबै समस्या समाधान हुने अपेक्षा गरिएको छ । ‘अब राउटेको नाममा आर्थिक चलखेल रोकिनेछ, आफूखुसी सहयोग बाँड्ने काम बन्द हुनेछ’, गाउँपालिकाका अध्यक्ष वलीले भने, ‘परिचयपत्रका आधारमा सहयोग बाँडिनेछ, राउटेले पनि नागरिक भएको अनुभूति गर्नेछन् ।’

यता, गाउँपालिकाको यो निर्णयपछि राउटे समुदायमा पनि खुसी छाएको छ । राउटेका मुखिया सूर्यनारायण शाहीले आफूहरूलाई भत्ता लिन ठाउँठाउँ धाउनुपर्ने र समयमै नपाइने समस्या अब टर्ने बताए । ‘समयमा भत्ता पाउँदैनथ्यौं, मेरा जनतालाई छाक टार्न समस्या हुन्थ्यो’, राउटे मुखिया शाहीले भने, ‘अब भत्ताका लागि कहाँ जाने भन्ने पिर पनि रहेन,समयमै भत्ता पाउने भयौं । जनतालाई सजिलो होला भन्ने लागेको छ, सरकारले राउटेका लागि राम्रै गर्ला ।’ राउटेसँग अनौपचारिक छलफल र सहमतिपछि गाउँपालिकाले उनीहरूलाई स्थायी बासिन्दाको परिचयपत्र वितरण गर्न लागेको हो ।

राउटेलाई समाजमा घुलमिल गराउन र शिक्षा दिन आवश्यक व्यवस्था पनि अगाडि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.